सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
काठमाडौं : सहकारी क्षेत्रसँग सम्बन्धित तालिम तथा प्रशिक्षण कार्यक्रममा संलग्न विज्ञ प्रशिक्षकहरूको विवरण सूची (रोस्टर) अद्यावधिक गरिने भएको छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सहकारी रजिस्ट्रारको कार्यालयले विज्ञ प्रशिक्षकहरूको विवरण सूची अद्यावधिक गर्न सम्बन्धित प्रशिक्षकलाई विवरण उपलब्ध गराउन आह्वान गरेको हो।
कार्यालयले असोज २५ गते प्रकाशित गरेको सूचनाअनुसार स्वीकृत ‘तालिम सञ्चालन कार्यविधि, २०८३’ को प्रावधानबमोजिम सञ्चालन गरिने सहकारीसम्बन्धी प्रशिक्षण तथा तालिम कार्यक्रमका लागि विज्ञ प्रशिक्षकहरूको विवरण अद्यावधिक गर्न लागिएको हो।
सहकारी क्षेत्रमा संलग्न तथा सहकारीसम्बन्धी तालिम प्रदान गर्दै आएका विज्ञ प्रशिक्षकले सूचनामा उल्लेख गरिएको ढाँचाअनुसार आफ्नो विवरण भरी कार्यालयमा उपलब्ध गराउनुपर्नेछ। विवरण इमेलमार्फत पनि पठाउन सकिने कार्यालयले जनाएको छ।
विवरणमा प्रशिक्षकको नाम, ठेगाना, शैक्षिक योग्यता, सम्बन्धित संस्था वा पद, कार्यानुभव, सम्पर्क नम्बर तथा कैफियत खुलाउनुपर्नेछ।
प्रशिक्षकहरूको विवरण व्यवस्थित गरी अद्यावधिक रोस्टर तयार पार्ने उद्देश्यले कार्यालयले यो प्रक्रिया अघि बढाएको हो। इच्छुक तथा सम्बन्धित विज्ञ प्रशिक्षकले आफ्नो विवरण कार्यालयको इमेल ठेगाना info@deoc.gov.np मा पठाउन सक्नेछन्।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी विज्ञ प्रशिक्षकको विवरण अद्यावधिक गर्दै रजिस्ट्रार कार्यालय
२८ आश्विन २०८३, बुधबार
वीरेन्द्रनगर साकोसको २५औँ साधारण सभा सम्पन्न, अध्यक्षमा बमबहादुर वि.सी. निर्विरोध निर्वाचित
२८ आश्विन २०८३, बुधबार
सहकारीका सदस्यलाई खुसीको खबर, आईस्मार्टले ल्यायो कार्डबिनै एटीएम मेसिनबाट नगद झिक्ने सुविधा
२७ आश्विन २०८३, मंगलवार