२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
काठमाडौं : २५ करोड रुपैयाँसम्म कारोबार गर्ने सहकारी संस्थाले मासिक ४ हजार रुपैयाँमै कृत्रिम बुद्धिमत्तामा आधारित कोर बैंकिङ सफ्टवेयर प्रयोग गर्न पाउने भएका छन्। सहकारी क्षेत्रमा विगत १२ वर्षदेखि सेवा दिँदै आएको प्रिमियम टेक्नोलोजिज् प्रा.लि.ले ‘प्रिमियम सीबीएस लाइट’ सार्वजनिक गर्दै यस्तो सुविधा ल्याएको हो।
प्रिमियम सीबीएस लाइटमा एक सेवा केन्द्रका लागि मासिक ४ हजार रुपैयाँ शुल्क लाग्नेछ भने थप प्रत्येक सेवा केन्द्रका लागि १ हजार रुपैयाँ तिर्नुपर्नेछ। २५ करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने सहकारीका लागि भने प्रिमियम सीबीएस कोर उपलब्ध रहेको कम्पनीले जनाएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अपिल कोइरालाका अनुसार नयाँ सेवामा क्लाउडमा आधारित कोर बैंकिङ प्रणाली, सुरक्षित तथ्याङ्क स्थानान्तरण, नियमित प्राविधिक सहयोग, सफ्टवेयर अद्यावधिक र वार्षिक मर्मतसम्भार सेवा समेटिएका छन्। पुरानो सफ्टवेयरबाट नयाँ प्रणालीमा स्थानान्तरण गर्न सकिने सम्भाव्यताको मूल्याङ्कन निःशुल्क गरिनेछ भने एक महिनासम्म सफ्टवेयर निःशुल्क प्रयोग गर्न सकिने सुविधा पनि उपलब्ध छ।
प्रिमियम सीबीएस लाइटले कृत्रिम बुद्धिमत्ता (एआई), स्वचालन, क्लाउड सुरक्षा र डिजिटल रूपान्तरणलाई प्राथमिकता दिएको कम्पनीले जनाएको छ। यी प्रविधिमार्फत सहकारीको दैनिक कारोबारलाई सहज बनाउने, कार्यप्रक्रियालाई स्वचालित तथा व्यवस्थित गर्ने र डिजिटल प्रणालीमा रूपान्तरण गर्न सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
आईएसओ ९००१:२०१५ प्रमाणित प्रिमियम सीबीएस सातै प्रदेशका ४५० भन्दा बढी सहकारी तथा वित्तीय संस्थामा प्रयोग भइरहेको कम्पनीले जनाएको छ। सफ्टवेयरमा दुई तहको सुरक्षा प्रणाली, व्यवस्थापन प्रतिवेदन, ऋण स्वचालन, नेपाली तथा अंग्रेजी भाषाको विकल्प र प्रत्यक्ष प्राविधिक सहयोगलगायत सुविधा छन्।
प्रिमियम सीबीएस लाइट तथा प्रिमियम सीबीएस कोरबारे थप जानकारी र प्रदर्शनका लागि ९८०१९०५१०२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार