२० कात्तिक २०८३, शुक्रबार

सामाजिक कार्यमा सक्रिय साना किसान सहकारी

२०७१ भदौ १४, शनिवार
सामाजिक कार्यमा सक्रिय साना किसान सहकारी

संस्थाले आफ्नै ना ४ त ९६१३ नम्बरको निजी टेक्टरबाट उक्त मर्मतको लागि ३ दिने अभियान संचालन गरेको हो । उक्त अभियान संस्थाको असोज महिनामा हुने १८ औं साधारण सभाको उपलक्ष्यमा संचालन गरिएको कुरा संस्थाका मुख्य प्रबन्धक नारायण क्षेत्रीले  जानकारी दिए । महत्वपूर्ण पर्वहरुको शुरुवात भएको अवस्थामा बाटोहरुको दुर्दशाबाट नगर र ग्रामबासीहरु सार्है नै कष्ट झेल्नु परेको अवस्थामा संस्थाको यो सानो अभियानबाट केही राहत मिलोस भन्ने संस्थाको हार्दिक कामना छ । यस अघि भदौ ७ गते संस्थाले बाढी, पैर्हो पिडीतजनलाई रु. १५,००० पन्द्र हजारको नगद समेत प्रदान गरेको थियो ।

गढीमाई, डुमरबाना, १४ भदौ । तीजको रन्को सकिएको छैन सबै गच्छे अनुसार खाने, लाउने, नाच्ने कार्यहरु गरेर नेपाली नारीको ऐतिहासिक साँस्कृतिक, धार्मीक अर्थ राख्ने महान पर्व तीज मनाई रहेका छन् । अर्कोतिर बाढी, पैर्हो जस्ता प्राकृतिक प्रकोपबाट धेरै नेपालीहरु प्रताडित छन तीन सयको हाराहारीले अमूल्य ज्यान गुमाए भने लाखौ प्रभावित छन र करोडौंको क्षती भएको छ । यसै मेसोमा साना किसान कृषि सहकारी संंस्था लि. डुमरबाना भने वर्षाले पोखरी र रोप्ने खेत झैं भएको डुमरबानाको सडकहरु मर्मतको अभियानमा लागेको छ ।

अभिलेख

लोकप्रिय