नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
धादिङबेशी, धादिङ : नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा सञ्चालित नियमित निरीक्षण तथा अनुगमन (स्क्यान) कार्यक्रममा सहभागि रामकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा २०८३ असोज महिनाको ४ गते स्थलगत सुपरिवेक्षण भएको छ ।
नेफ्स्कूनले पारदर्शिता, उत्तरदायित्व, सदस्य हितको सुनिश्चितता, जोखिम न्यूनीकरण, सुशासन तथा दिगोपना प्रवद्र्धन गर्ने उद्देश्यले आफ्ना सदस्य संघ–संस्थाहरूमा स्क्यान कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्क्यान कार्यक्रम अन्र्तगत प्रोवेसन मार्गनिर्देशिकाको ५० वटा सूचकहरूमा केन्द्रित रही स्थलगत सुपरिवेक्षण गरिएको हो ।
सुपरिवेक्षणका क्रममा संस्थाको स्तरीकरणका लागि आवश्यक विभिन्न सूचकहरूको मूल्याङ्कन गरिएको थियो । नीतिगत व्यवस्था अध्यावधिक तथा परिपालना, सदस्यमैत्री सेवाहरू, आवधिक योजना, नियामक निकायद्धरा जारी मापदण्ड तथा निर्देशनहरूको परिपालना, सम्पत्ती दायित्व व्यवस्थापन, पूँजी पर्याप्तता, नविनतम प्रविधिको अबलम्बन, प्रतिस्पर्धी अवस्थाबारे सुक्ष्म अध्ययन गरीएको थियो ।
त्यसैगरी संस्थामा विद्यमान कानुनी, वित्तीय, ऋण, तरलता, सञ्चालन तथा सुशासन, साथै प्रविधिसम्बन्धी जोखिमहरूको समीक्षा गर्दै समग्र जोखिम न्यूनीकरणका लागि व्यवहारिक सुधारात्मक सुझावहरू प्रदान गरिएको थियो ।
नेफ्स्कूनका कार्यक्रम अधिकृत सन्दिप राज ढकालद्वारा सम्पन्न उक्त सुपरिवेक्षणमा संस्थाका समिति तथा व्यवस्थापनको सहभागिता रहेको थियो । सुपरिवेक्षण पश्चात् सुधारात्मक विषयहरू समेटिएको प्रतिवेदन कार्यदलको बैठकसमक्ष प्रस्तुत गरी छलफलका क्रममा प्राप्त सुझावहरू यथासम्भव कार्यान्वयन गर्ने संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठले प्रतिबद्धता जनाउनुभएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार