बाढीपीडितको राहत र पुन:स्थापनामा आईएमई कोअपरेटिभको अग्रसरता, रू. १११११११ सहयोग
काठमाडौं : सहकारीको पहिचान वित्तीय कारोबारमा मात्र सीमित हुँदैन। सदस्यको आर्थिक उन्नतिसँगै समुदायको सुख–दुःखमा साथ दिनु, संकटमा हातेमालो गर्नु र सामाजिक उत्तरदायित्व बहन गर्नु पनि सहकारिताको मूल मर्म हो। यही भावनालाई व्यवहारमा उतार्दै कान्तिपथ, काठमाडौंमा मुख्य कार्यालय रहेको आईएमई कोअपरेटिभ सर्भिस लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेको छ।
यही भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएपछि प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग गर्न नेपाल सरकारले आह्वान गरेको थियो। सरकारको उक्त आह्वानलाई आत्मसात् गर्दै आईएमई कोअपरेटिभले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको हो।
सहकारी क्षेत्रमा १६ वर्षदेखि क्रियाशील संस्थाले यो सहयोगलाई केवल आर्थिक योगदानका रूपमा मात्र नभई विपद्को समयमा समुदायसँग सहकारी संस्थाको सम्बन्ध र उत्तरदायित्व अभिव्यक्त गर्ने माध्यमका रूपमा लिएको जनाएको छ। संस्थाका समिति, उपसमिति तथा कर्मचारीहरूको समेत सहभागितामा एकमुष्ठ रकम कोषमा प्रदान गरिएको हो।
संस्थाले बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सबैले आफ्नो इच्छाअनुसार सहयोग गर्न आग्रह गरेको छ। देश तथा विदेशमा रहेका नेपालीलाई समेत यस मानवीय कार्यमा सहभागी हुन संस्थाले अपिल गरेको छ।
सहकारीको अर्को महत्वपूर्ण आधार समुदायप्रतिको चासो र उत्तरदायित्व हो। त्यसैले संकटको समयमा समुदायको पीडालाई आफ्नै पीडाका रूपमा ग्रहण गर्दै सहयोगको हात अघि बढाउनु सहकारीको सामाजिक चरित्रसँग जोडिन्छ। आईएमई कोअपरेटिभको सहयोगले यही सामाजिक उत्तरदायित्वलाई व्यवहारमा रूपान्तरण गरेको देखिन्छ।
संस्थाले विपद्मा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। बेपत्ताको शीघ्र खोजी तथा उद्धार हुनुपर्नेमा जोड दिँदै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।

अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीजेएनले मनायो १६औँ स्थापना दिवस, राहत कोषमा सहयोग गर्ने घोषणा
१९ भाद्र २०८३, शुक्रबार
विपत्तिमा पोखरा रोयलको साथ : राहत, उद्धार तथा पुर्नस्थापनामा ३ लाख ५२ हजार सहयोग
१८ भाद्र २०८३, बिहीबार
सहकारीको सामाजिक धर्म निभाउँदै पञ्चशील सहकारी, बाढीपीडितका लागि साढे पाँच लाख सहयोग
१८ भाद्र २०८३, बिहीबार