२० कात्तिक २०८३, शुक्रबार

विश्वज्योति साकोसको तेस्रो साधारणसभा, अध्यक्षमा पुनः शर्मा

२०७१ भदौ १३, शुक्रबार
विश्वज्योति साकोसको तेस्रो साधारणसभा, अध्यक्षमा पुनः शर्मा

काठमाडौं । विश्वज्योति बचत तथा ऋण सहकारी संस्था लि. को तेस्रो वार्षिक साधारणसभाले पुनः बच्चुराक शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा हरिकृष्ण पुडासैनि, सचिवमा प्रकाश खतिवडा, कोषाध्यक्षमा अशोक नेपाल र सदस्यहरुमा राजाराम सापकोटा, बलबहादुर तामाङ, अर्जुन प्रसाद गौतम, मेघदत्त रिजाल, शुभद्रा दंगाल रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा अच्चुत विष्ट र सदस्यहरुमा होमनाथ पौडेल र दिनेश भण्डारी रहेका छन् । त्यस्तै ऋण उपसमितिमा रामशरण सापकोटा र भिमसेन खतिवडा रहेका छन् ।
सभाका प्रमुख अतिथि दिपक बाँस्कोटा रहेका थिए ।  काठमाडौं क्षेत्र नं. ३ बाट निर्वाचित सभासद् रामेश्वर फुयाँलले सहकारीमार्फत ग्रामिण तहसम्म रोजगारी सिर्जना गरी मुलुकको आर्थिक विकास गर्न सम्भव रहेको बताए । संस्थाका अध्यक्ष बच्चुराम शर्मा कुईकेलले संस्थाले स्थानिय स्तरमा बिल भुक्तानी सेवा, शिक्षा, तालिम र अवलोकन, शेयर सदस्य राहत कार्यक्रम, उपचार तथा सुत्केरी भत्ता आदि कार्यक्रमहरु संस्थाले अवलम्बन गरेको बताए ।

संस्थाको ३७ लाख ७९ हजार चुक्ता सेयरपूँजी रहेको र २ करोड ४ लाख ७७ हजार निक्षेप संकलन गरेको संस्थाका प्रमुख कार्यकारी निर्देशक गोविन्द प्रसाद काफ्लेले जानकारी दिए ।

अभिलेख

लोकप्रिय