काभ्रेका १५ सहकारीका ५० कर्मचारीलाई सहकारी सेवा संस्कार रुपान्तरण तालिम
काभ्रे : कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकले सहकारी संस्थाको अग्रभागमा रहेर सदस्य तथा सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा काम गर्ने कर्मचारीहरूको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरेको ‘सहकारी सेवा संस्कार रुपान्तरण तालिम’ सम्पन्न भएको छ।

क्लबको छैटौँ स्थापना दिवसको अवसर पारेर आयोजना गरिएको तालिममा काभ्रेपलाञ्चोक जिल्लाका १५ वटा विभिन्न सहकारी संस्थाबाट ५० जना कर्मचारीको सहभागिता थियो।
क्लबका अध्यक्ष गोपाल दाहालको अध्यक्षतामा सम्पन्न तालिमको सहजीकरण बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (प्रोस्कून) का प्रमुख कार्यकारी अधिकृत केशब दाहालले गर्नुभएको थियो ।

तालिममा सहकारी संस्थाको सेवा प्रवाह, कर्मचारीको व्यवहार, सेवाग्राहीसँगको सम्बन्ध, संस्थाप्रतिको जिम्मेवारी तथा प्रभावकारी सेवा संस्कार विकासलगायतका विषयमा प्रशिक्षण दिइएको थियो।
सहकारी संस्थाको सफलता केवल वित्तीय कारोबारमा मात्र निर्भर नरहने भएकाले सदस्य तथा सेवाग्राहीलाई प्रदान गरिने सेवा, कर्मचारीको व्यवहार र संस्थागत संस्कार पनि उत्तिकै महत्वपूर्ण हुनेमा तालिममा जोड दिइएको थियो।
२०७८ सालमा विधिवत् रूपमा स्थापना भएको कोअपरेटिभ मेनेजर्स क्लब काभ्रेपलाञ्चोकले सहकारी संघसंस्थामा कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धि तथा मानव संसाधन विकासलाई प्राथमिकतामा राख्दै नियमित रूपमा विभिन्न तालिम, क्षमता विकास तथा व्यावसायिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।
क्लबले आगामी दिनमा पनि सहकारी क्षेत्रका कर्मचारी तथा व्यवस्थापकहरूको क्षमता विकासमा केन्द्रित थप कार्यक्रमहरू सञ्चालन गर्ने क्लबका अध्यक्ष दाहाले बताउनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारी संघ काभ्रेको ४५औँ साधारण सभा सम्पन्न, विभिन्न विधामा पुरस्कार तथा सम्मान
१७ आश्विन २०८३, शनिबार
मनोज रायमाझी काभ्रेकै सर्वोत्कृष्ट सहकारी व्यवस्थापन प्रमुख
१७ आश्विन २०८३, शनिबार
ज्येष्ठ सदस्यको आँखामा खुसी, बुडोल सामुदायिक साकोसको सम्मानमा आत्मीयता
१५ आश्विन २०८३, बिहीबार