साकोस अभियानका उत्कृष्ट व्यवस्थापक बने दयानिधि नेपाल
काठमाडौं : श्रोतपरिचालन बचत तथा ऋण सहकारी संस्था लि., धादिङका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दयानिधि नेपाल साकोस अभियानका उत्कृष्ट व्यवस्थापक बनेका छन्।
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून सर्वोत्कृष्ट व्यवस्थापक सम्मान-राष्ट्रिय’ यस वर्ष दयानिधि नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ। नेफ्स्कूनको ३९औँ स्थापना दिवसका अवसरमा नेपाललाई उक्त सम्मान तथा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो।
नेपाल २०७५ सालदेखि श्रोतपरिचालन साकोसको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्। उनको व्यवस्थापकीय नेतृत्वमा संस्था निरन्तर उत्कृष्ट संस्थाका रूपमा सम्मानित हुँदै आएको छ।
नेपालले २०८२ सालमा जिल्ला बचत तथा ऋण सहकारी संघबाट ‘उत्कृष्ट व्यवस्थापक पुरस्कार’ समेत प्राप्त गरेका थिए।
श्रोतपरिचालन साकोसले २०६३ सालमा डिभिजन सहकारी कार्यालय, धादिङबाट उत्कृष्ट संस्था सम्मान प्राप्त गरेको थियो। त्यसपछि २०७२ सालमा नेफ्स्कूनबाट मध्यमाञ्चल उत्कृष्ट संस्थाका रूपमा सम्मानित भएको थियो। संस्थाले २०७२ देखि २०७७ सालसम्म प्रोबेशन ब्रान्डसमेत प्राप्त गरेको थियो।
त्यस्तै, संस्थाले २०८१ सालमा जिल्ला बचत तथा ऋण सहकारी संघ, धादिङबाट उत्कृष्ट संस्था सम्मान, २०८२ सालमा नेफ्स्कूनबाट बागमती प्रदेशबाट उत्कृष्ट संस्था सम्मान तथा सोही वर्ष जिल्ला सहकारी धादिङबाट उत्कृष्ट संस्था सम्मान प्राप्त गरेको छ। पछिल्लो पटक २०८३ सालमा बागमती प्रोस्कूनबाट उत्कृष्ट संस्था सम्मान प्राप्त गरेको संस्थाले जनाएको छ।
संस्थाले विभिन्न समयमा प्राप्त गरेका यी सम्मानले श्रोतपरिचालन साकोसको संस्थागत सुशासन, वित्तीय व्यवस्थापन, सेवा प्रवाह र व्यवस्थापकीय क्षमतामा गरेको निरन्तर सुधारलाई प्रतिबिम्बित गर्ने देखिन्छ।
२०७५ सालदेखि प्रमुख कार्यकारी अधिकृतका रूपमा संस्थाको व्यवस्थापन सम्हाल्दै आएका नेपालले संस्थाको दिगो विकास, सदस्यकेन्द्रित सेवा, वित्तीय अनुशासन तथा संस्थागत सुशासनमा जोड दिँदै आएका छन्। यही निरन्तर व्यवस्थापकीय योगदान र साकोस अभियानमा पुर्याएको भूमिकाको मूल्यांकन गर्दै नेफ्स्कूनले उनलाई यस वर्षको राष्ट्रिय सर्वोत्कृष्ट व्यवस्थापक सम्मानका लागि छनोट गरेको हो।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
काभ्रेका १५ सहकारीका ५० कर्मचारीलाई सहकारी सेवा संस्कार रुपान्तरण तालिम
३१ श्रावण २०८३, आईतवार
साकोस अभियानका उत्कृष्ट व्यवस्थापक बने दयानिधि नेपाल
३१ श्रावण २०८३, आईतवार
जनउत्थान साकोसलाई ‘एक्सेस सिल्भर’, सीईओ भन्छन्- सामूहिक प्रयासको परिणाम
२९ श्रावण २०८३, शुक्रबार