ग्यालरी म्यागजिनको विशेष अंक विमोचन
काठमाडौं । सूचना तथा संचारमन्त्री डा. मिनेन्द्र रिजाल तथा भारतीय राजदूत रणजीत रायद्वारा ग्यालरी म्यागजिनको नेपाल सम्बन्धि विशेष अंक बुधवार विमोचन गरिएको छ ।
संसारभरका उत्कृष्ट संग्राहलय तथा ग्यालरीहरुको सौजन्यमा भारतबाट प्रकाशित ग्यालरी म्यागजिनको विशेष अंकमा नेपालको कला र संस्कृति समेटिएको छ । नेपालको कला, संस्कृतिबारे बुझ्नुको साथै नेपाली कलाकार तथा लेखकसँग अन्तवार्ताको लागि केही महिनाअघि नेपाल आएकी बीणा सरकारले भनीन्, “नेपालको कला र संस्कृति सम्बन्धि विशेष अंक प्रकाशन गर्ने योजना बन्नुभन्दा अघि २ पटक म नेपाल आएको थिएँ । हिमाली दृश्यले भरिपूर्ण नेपाल ट्रेकिङ तथा दक्षिण एसियाको एक महत्वपूर्ण पर्यटकीय गन्तव्यको रुपमा प्रख्यात रहेको कुरा मलाई सुनाइन्थ्यो तर त्यो भन्दा अझ चम्किला केही कुरा नेपालमा नै छ भन्ने कुरा मलाई थाहा थियो । ग्यालरीको यस अंकमा नेपाली जीवनशैलीको जाज्वल्यमान तस्विर झल्किने नेपालका कला र संस्कृतिको विविधतालाई उजागर गरिएको छ ।”
कार्यक्रममा भारतीय राजदूत रणजीत रायले भन्नुभयो, “राजनीतिक तथा द्विपक्षीय सम्वन्धभन्दा धेरै बढी कुराहरुमा नेपाल र भारत गाँसिएका छन् । सांस्कृतिक समानतामा आधारित जनस्तरको हाम्रो सम्वन्ध अद्वितीय र बहुआयमिक छ । नेपालको कला र संस्कृतिलाई अन्र्तराष्ट्रियकरण गरी प्रोत्साहित गर्नको लागि सो सम्बन्धि विशेष अंक प्रकाशन गर्ने सत्प्रयासप्रति म बीणा सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु । यो नेपाल–भारत सहकार्यको उदाउँदो परिणाम हो ।”
सूचना तथा संचारमन्त्री तथा कार्यक्रमका प्रमुख अतिथि डा. मिनेन्द्र रिजालले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा नयाँ आयाम थप्नुको साथै अन्र्तराष्ट्रिय समुदायलाई नेपालको सांस्कृतिक विविधता तथा भारतसँगको बलियो सम्बन्धबारेमा जानकारी मिल्ने बताए ।
नेपालका प्रख्यात कविहरुका छानिएका कविताहरुमा सांगितिक समर्पणअघि प्राध्यापक डा. अभि सुवेदी, कलाकर्मी संगीता थापा, प्रख्यात गायिका आनी चोयिङ ड्रोल्मा र बीणा सरकार एलियासबीच नेपालको कला र संस्कृति बारेमा जीवन्त छलफल भएको थियो । डा. तुलशी दिवस, प्रा. सुवेदी, मोमिला जोशी र मञ्जु काँचुलीले बाचन गरेका कवितामा नेपालका सारंगीवादक श्याम नेपालीले साथ दिएका थिए ।
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले ग्यालरी म्यागजिनमा नेपालको कला र संस्कृति सम्बन्धि विशेष अंक प्रकाशन गर्ने सत्प्रयासप्रति बीणा सरकारलाई हार्दिक धन्यवाद दिए । “ग्यालरीको यो बहुप्रतिक्षित अंकको शुभारम्भ आयोजना गर्न पाउँदा मेरो खुशीको कुनै सीमा छैन । यो सफल गराउँने धैर्यता र लगनशीलताप्रति बीणा सरकारलाई आभार प्रकट गर्दै म्यागजिनमा समेटिएका नेपालका ४३ जना नै कलाकार, कवि तथा लेखकहरुमा म बधाइ ज्ञापन गर्दछु ।” उनले भने ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
