बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
बनेपा : काभ्रेको बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कर्मचारीहरूको क्षमता अभिवृद्धि तथा कार्यसम्पादनमा प्रभावकारिता ल्याउने उद्देश्यले आयोजना गरेको ‘ऊर्जाशील शिल्प र व्यावसायिकता विकास तालिम’ सम्पन्न गरेको छ ।
शनिबार, २०८३ साउन २३ गते आयोजित तालिममा संस्थामा कार्यरत ४१ जना कर्मचारी सहभागी भएका थिए । ‘Fueling Skills and Professional Growth’ विषयमा केन्द्रित तालिमको सहजीकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) का वरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।

तालिममा कर्मचारीको व्यक्तिगत तथा व्यावसायिक व्यवहारसँग सम्बन्धित विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । सहजकर्ता वाग्लेले ट्रान्जेक्सनल एनालाइसिस (Transactional Analysis), जीवन मार्गचित्र विश्लेषण, सीप तथा कौशलका विविध पक्ष, कार्यदक्षता, व्यावसायिकता, जानकारीको क्षेत्र र त्यसले पार्ने प्रभाव लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सहभागीमैत्री बनाउन सैद्धान्तिक प्रस्तुतिसँगै विभिन्न समूहगत गतिविधि, अन्तरक्रिया तथा व्यावहारिक अभ्यास समेत सञ्चालन गरिएको थियो । यसबाट कर्मचारीलाई आफ्नो क्षमता र कार्यशैली पहिचान गर्न तथा व्यावसायिक व्यवहारलाई थप परिष्कृत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तालिमको उद्घाटन गर्दै संस्थाका अध्यक्ष कैलाश के.सी.ले कर्मचारीको क्षमता र दक्षता विकासलाई संस्थाको प्रगतिसँग जोडेर हेर्नुपर्ने बताउनुभयो । बदलिँदो परिवेशमा सेवा प्रवाहलाई प्रभावकारी बनाउन कर्मचारीलाई समयसापेक्ष ज्ञान, सीप र व्यावसायिक दक्षतासँग जोड्न आवश्यक रहेको उहाँको भनाइ थियो ।

संस्थाले सदस्यलाई प्रदान गर्ने सेवाको गुणस्तर सुधारका लागि कर्मचारीको क्षमता विकासलाई प्राथमिकतामा राखेको जनाएको छ । आगामी दिनमा पनि कर्मचारीको दक्षता, व्यावसायिकता र कार्यसम्पादन अभिवृद्धि गर्ने उद्देश्यले क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिने संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
बुडोल सामुदायिक साकोसका कर्मचारीलाई सीप र व्यावसायिकता विकास तालिम
२४ श्रावण २०८३, आईतवार
विवेकशील विवेक !
२२ श्रावण २०८३, शुक्रबार
२८ वर्षमा आइडियल साकोस: १८ हजार सदस्यको भरोसा, १.५८ अर्ब सम्पत्तिसहित डिजिटल सेवामा अग्रसर
१९ श्रावण २०८३, मंगलवार