विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
गैंडाकोट, नवलपुर : विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा योजना तर्जुमा सम्बन्धी विस्तारित बैठक सम्पन्न गरेको छ।
संस्थाले श्रावण १६ र १७ गते दुई चरणमा क्रमशः कावासोती र गैंडाकोटमा बैठक आयोजना गरेको हो। बैठकमा सञ्चालक समितिबाट प्रस्तावित वार्षिक नीति तथा कार्यक्रममाथि व्यापक छलफल गरिएको थियो। प्राप्त सुझावका आधारमा सेवा केन्द्र व्यवस्थापन उप–समिति तथा व्यवस्थापन तहमा थप छलफल गरी अन्तिम रूप दिइने संस्थाले जनाएको छ।

कार्यक्रममा सञ्चालक समिति, विभिन्न केन्द्रीय उप-समिति, २४ वटा सेवा केन्द्रका व्यवस्थापन उप-समिति, मालपुर मटिकुरी व्यवस्थापन उप-समिति, विभागीय प्रमुख, क्षेत्रीय प्रमुख तथा सेवा केन्द्र प्रमुखहरूको सहभागिता थियो। सहभागी सेवा केन्द्र संयोजकहरूले आफ्नो सेवा केन्द्रको तर्फबाट प्रस्तावित नीति तथा कार्यक्रममाथि राय–सुझाव प्रस्तुत गरेका थिए।
बैठकको उद्घाटन संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटाले गरेका थिए। उपाध्यक्ष कालिदास गौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सचिव गोविन्द कँडेलले प्रस्तावित वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। त्यसैगरी, कोषाध्यक्ष पुष्पराज बरालले आगामी आर्थिक वर्षका प्रस्तावित वित्तीय लक्ष्यबारे जानकारी गराएका थिए।
कार्यक्रममा उठेका जिज्ञासा तथा सुझावहरूको सम्बोधन अध्यक्ष सापकोटा र सचिव कँडेलले गरेका थिए। प्रस्तावित नीति तथा कार्यक्रममाथि सेवा केन्द्रस्तरमा समूहगत छलफल तथा प्रस्तुतीकरण समेत गरिएको थियो।

कार्यक्रमको सहजीकरण प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले गरेका थिए। संस्थाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेटलाई अझ प्रभावकारी, सहभागितामूलक र व्यवहारिक बनाउन यस्ता सुझावहरू महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
विकूको नीति, कार्यक्रम र बजेटमाथि सुझाव संकलन
१८ श्रावण २०८३, सोमबार
श्रमिकदेखि सफल सहकारी सीईओसम्म: के.बी. लामाको संघर्ष, नेतृत्व र सफलताको यात्रा
१८ श्रावण २०८३, सोमबार
दिपक तिमिल्सिना बने बागमती प्रदेशकै उत्कृष्ट साकोस व्यवस्थापक
१४ श्रावण २०८३, बिहीबार