बागमती प्रोस्कूनको स्थापना दिवस : उत्कृष्ट सहकारी र सहकारीकर्मीलाई सम्मान तथा पुरस्कार
काठमाडौं : बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि. (बागमती प्रोस्कून) को छैटौं वार्षिकोत्सव तथा सातौं स्थापना दिवस बुधबार सम्पन्न भएको छ। कार्यक्रमका अवसरमा सहकारी क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
संघका अध्यक्ष उद्धव सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री विनु रायमाझी पौडेल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा उत्कृष्ट सहकारी (सदस्य संघ/संस्था) तर्फ श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि., धादिङ सम्मानित भएको छ। उत्कृष्ट सञ्चालक सम्मान आमा साकोस, काठमाडौंका अध्यक्ष रामबहादुर कटुवाललाई प्रदान गरिएको छ भने उत्कृष्ट व्यवस्थापक सम्मान नवदुर्गा साकोस, काभ्रेका प्रमुख कार्यकारी अधिकृत दीपक तिमिल्सिनालाई प्रदान गरिएको छ।
त्यसैगरी पूर्व सञ्चालक सम्मान बागमती प्रोस्कूनका पूर्व सञ्चालक चक्रबहादुर बस्नेतलाई तथा उत्कृष्ट कर्मचारी सम्मान संघका सहायक विभागीय प्रमुख (वित्त, प्रशासन तथा संस्थागत सेवा विभाग) शिवप्रसाद शर्मालाई प्रदान गरिएको छ।
प्रोत्साहन तथा उत्प्रेरणा अन्तर्गत उत्कृष्ट लगानीकर्ताका रूपमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ तथा सक्रिय सेवा उपयोगकर्तातर्फ गन्तव्य साकोस, ललितपुर सम्मानित भएका छन्।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
नेफ्स्कूनद्वारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण
४ आश्विन २०८३, आईतवार
विकू बचतमा रोजगारीको अवसर
४ आश्विन २०८३, आईतवार
७ लाख बचतबाट २ अर्ब २८ करोड कारोबारसम्म, बालकुमारी साकोसको २७ वर्षे यात्रा
४ आश्विन २०८३, आईतवार