शोकमा डुबेको परिवारलाई सहकारीको सहायता
कैलाली : किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना एक दिवंगत सदस्यका परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख रुपैयाँभन्दा बढीको आर्थिक सहायता उपलब्ध गराएको छ।
संस्थाले डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय गर्दै आएकी ऋणी सदस्य कलावती देवी बोहराका श्रीमान् भीमबहादुर बोहराको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सभा आयोजना गरेको थियो। सो सभामा वडा अध्यक्ष बर बहादुर बोहराको उपस्थितीमा सँस्थाले मृतककी श्रीमती एवं संस्थाकी सदस्य कलावती बोहरालाई कुल ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको हो।
भविष्य सुरक्षित गर्दै संस्थाको सुरक्षण कोष
किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्यहरूले लिने लघुऋणको अनिवार्य बिमा गर्ने गरेको छ। यस बिमाले घरमूलीको समेत रक्षावरण गर्ने हुँदा भवितव्य परेको अवस्थामा ऋण मिनाहा हुने व्यवस्था रहेको छ। संस्थाले ऋण मिनाहा गरिदिनुका साथै सदस्य सुरक्षण कोषबापत थप रकम समेत उपलब्ध गराएको हो।
संस्थाले आफ्ना सदस्यहरूका लागि ुजन्मदेखि मरणोपरान्तु सम्मका विभिन्न सामाजिक सुरक्षण सुविधाहरू सञ्चालन गर्दै आएको छ। जस अन्तर्गत सदस्य सुरक्षण कोषबाट विभिन्न सहायता स्वरूप आफ्ना सदस्यहरूलाई हालसम्म कुल ३४ करोड ९२ लाख ४६ हजार ९ सय रुपैयाँ रकम उपलब्ध गराइसकेको संस्थाले जनाएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
२५ करोडसम्म कारोबार गर्ने सहकारीलाई ४ हजारमै कोर बैंकिङ सफ्टवेयर
२६ आश्विन २०८३, सोमबार
बुडोल सामुदायिक साकोसको साधारण सभामा ५९.४२% सदस्य उपस्थित, ६% लाभांश पारित
२६ आश्विन २०८३, सोमबार
सहकारीका समस्या समाधानदेखि नीतिगत सुधारसम्मका सुझाव महासंघद्वारा मन्त्रीसमक्ष पेस
२६ आश्विन २०८३, सोमबार