२० कात्तिक २०८३, शुक्रबार

पैतालीस तोला सुनसहित युवक पक्राउ

२०७१ भदौ १०, मङ्गलबार
पैतालीस तोला सुनसहित युवक पक्राउ

कञ्चनपुर, १० भदौ । बझाङ हेमन्तवाडाका रवीन्द्र रोकायालाई सुनका विभिन्न गरगहनासहित सोमबार साँझ प्रहरीले पश्चिमी सीमानाका गड्डाचौकीबाट पक्राउ गरेको छ ।
भारतीय राजधानी नयाँ दिल्लीको उत्तमनगरबाट रिक्सामा सीमा नाका पार गर्नेक्रममा रोकायालाई प्रहरीले अन्दाजी ४५ तोला सुनसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र चौधरीले बताउनुभयो ।
बरामद सुनमा महिलाले लगाउने रिङ, टप, बाला, मङ्गलसूत्र, हारलगायत रहेका छन् । रोकायाबाट सुनका विभिन्न प्रकारका गहना बरामद भएकाले चोरी गरेको हुन सक्ने प्रहरीको दाबी छ ।
रोकायालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ । सुनसहित रोकायालाई आजै सार्वजनिक गर्ने प्रहरी उपरीक्षक चौधरीले बताए ।

अभिलेख

लोकप्रिय