कौशी खेती प्रवर्द्धन गर्दै सुयोग्य साकोस, सदस्यलाई विरुवा वितरण
काठमाडौँ : कोटेश्वरस्थित सुयोग्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ६९औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा कौशी खेती प्रवर्द्धन गर्ने उद्देश्यसहित सदस्यहरूलाई तरकारीका विरुवा वितरण गरेको छ । संस्थाको आफ्नै प्राङ्गणमा आयोजित कार्यक्रममा अध्यक्ष टेकबहादुर लिम्बु र उपाध्यक्ष पमी न्यौपानेले सदस्यहरूलाई विरुवा वितरण गर्नुभएको थियो।
कार्यक्रममा संक्षिप्त मन्तव्य व्यक्त गर्दै संस्थाकी प्रमुख सल्लाहकार चित्राकुमारी थाम्सुहाङ सुव्बाले सदस्यहरूको सुस्वास्थ्य र आत्मनिर्भरता प्रवर्द्धन गर्न यस वर्षदेखि तरकारीका विरुवा वितरण कार्यक्रम सुरु गरिएको बताउनुभयो।

विषादीयुक्त तरकारीको प्रयोगका कारण पछिल्लो समय नसर्ने रोगको जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले वितरण गरिएका विरुवाबाट उत्पादन हुने ताजा तरकारी प्रयोग गरी स्वस्थ जीवनशैली अपनाउन सदस्यहरूलाई आग्रह गर्नुभयो।
त्यसैगरी, उहाँले सदस्यहरूको परिवारका लागि प्रतिष्ठित शैक्षिक संस्था ग्रामर फाउण्डेशनसँग सहयोग्य सहकारीको सहकार्य सम्झौता भइसकेको जानकारी दिनुहुँदै सदस्यहरूले आफ्ना छोराछोरीलाई भर्ना गरी विशेष छुट सुविधा लिन सक्ने बताउनुभयो।
संस्थाकी सदस्य बलमाया पहरीद्वारा सञ्चालित अरुण नर्सरीबाट वोडी, करेला, जुके फर्सी, भण्टा, भेडे खुर्सानी, घिरौँला, राजमा सिमी, तिते करेला, क्याप्सिकम र काँक्रोलगायतका ७ सयभन्दा बढी विरुवा सदस्यहरूलाई वितरण गरिएको संस्थाले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
कौशी खेती प्रवर्द्धन गर्दै सुयोग्य साकोस, सदस्यलाई विरुवा वितरण
१९ चैत्र २०८२, बिहीबार
सातै प्रदेशका उत्कृष्ट सहकारी छनोट, राष्ट्रिय पुरस्कार घिमिरेलाई
१९ चैत्र २०८२, बिहीबार
६९ औँ राष्ट्रिय सहकारी दिवस: सहकारीको उद्यमशिलता र पारदर्शितामा जोड
१९ चैत्र २०८२, बिहीबार