सहकारीमा सुशासन र पारदर्शिता: बचतकर्ताको हितमा एमालेको प्रतिबद्धता
काठमाडौं : केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममार्फत अध्यक्ष ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
घोषणापत्रमा सहकारी क्षेत्रलाई सुशासन, पारदर्शिता र सदस्य–केन्द्रित प्रणालीमा आधारित सुरक्षित तथा उत्पादनशील आर्थिक शक्तिका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । बचतकर्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै सहकारीमार्फत कृषि, उत्पादन, मूल्य शृंखला, प्रशोधन, भण्डारण र बजार व्यवस्थापनलाई सुदृढ बनाइने उल्लेख गरिएको छ ।
एमालेले सहकारी दर्ता, प्रतिवेदन, अनुगमन र सूचना प्रणालीलाई पूर्ण रूपमा डिजिटल बनाउने नीति अघि सारेको छ । सहकारीको ब्रान्डिङ, गुणस्तर प्रमाणीकरण र ई–कमर्समार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गरिने पनि घोषणापत्रमा उल्लेख छ ।
समस्याग्रस्त सहकारीका कारण पीडित बनेका बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न कानुनी र संस्थागत संयन्त्र सुदृढ बनाइने, बचत तथा ऋण ग्यारेन्टी कोषलाई प्रभावकारी बनाइने तथा दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता गरिएको छ ।
संघ, प्रदेश र स्थानीय तहबीच स्पष्ट समन्वय गरी सहकारी नियमनलाई एकीकृत, सुसंगत र प्रभावकारी बनाइने योजना पनि सार्वजनिक गरिएको छ । साथै राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई आवश्यक कानुनी अधिकार, प्रविधि र दक्ष जनशक्ति प्रदान गरिने उल्लेख छ ।
घोषणापत्रमा युवा, महिला र श्रमिक समुदायलाई सहकारीमार्फत स्वरोजगार र उद्यमशीलतामा जोडिने वातावरण सिर्जना गर्ने तथा निष्क्रिय सहकारीको पुनर्संरचना गर्ने योजना समेत समावेश गरिएको छ ।
घोषणापत्रअनुसार सहकारी अभियन्ता, सञ्चालक, कर्मचारी तथा नियामक निकायका प्रतिनिधिका लागि नियमित क्षमता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सहकारीमा सुशासन र पारदर्शिता: बचतकर्ताको हितमा एमालेको प्रतिबद्धता
७ फाल्गुन २०८२, बिहीबार
काठमाडौं महानगरपालिकाको आग्रह: सहकारीमा बचत अघि पाँच कुरा अनिवार्य जाँच्नुहोस्
५ फाल्गुन २०८२, मंगलवार
सहकारीमा सदस्यको व्यवसायिक संलग्नता: स्वैच्छिक कि अनिवार्य ?
५ फाल्गुन २०८२, मंगलवार