एकीकरण हुने सहकारीलाई ५ वर्ष सम्म आयकर छुट हुनुपर्छः बस्नेत
भरतपुर ८ भदौ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेपस्कून)का केन्द्रिय उपाध्यक्ष डिवि बस्नेतले सहकारीको गुाणात्मक वृद्धिकालागि सहकारी एकीकरण आवश्यक रहेको बताएका छन् । सहकारी समन्वय मञ्च गैडाकोटले गरेको करसम्बन्धि अन्तक्रिया कार्यक्रममा बोल्दै उनले मर्जरका लागि बैंक÷वित्तीय संस्थालाई जस्तै निश्चित अवधिसम्म आयकर छुट दिनुपर्ने माग गरे ।
उनले एकीकरण हुने संस्थालाई न्यूनतम पनि ५ वर्ष सम्म आयकर छुट हुने व्यवस्था ल्याउनुपर्नेमा जोड दिए । केन्द्रिय उपाध्यक्ष बस्नेतले सहकारीको संख्यात्मक विकासभन्दा पनि गुणात्मक विकासमा जोड दिँदै सहकारी मर्जर प्रक्रियामा अघि बढ्न थालेको बताए । आवाज एकीकरणका लागि सहकारीका केन्द्रीय संघ र कार्यालयबाट पूर्वस्वीकृत लिनुपर्छ । त्यसपछि विस्तृत अध्ययन गरी साधारणसभाबाट पास गराउनुपर्छ । संस्थाले आवश्यक ठाने मर्जर प्रक्रियामा विभाग वा डिभिजन सहकारी कार्यालयलले सहजीकरण्ँ गर्न सक्ने कार्यविधिमा छ ।
सहकारी विभागले जारी गरेको कार्यविधि स्पष्ट नभएको र एकीकरण्ँपछि सरकारी स्तरबाट कुनै विर्ष सेवा सुविधा नभएको भन्दै अधिकांस मर्जरमा जान नचाहेका हुन् । विभागको तथ्यांकअनुसार देशभर ३० हजारभन्दा बढी सहकारी दर्ता छन् । अन्तक्रियामा सहभागि सहकारीकर्मिहरुले नया नगरपालिका क्षेत्र घोषणा गरीएका ठाउमा ५ वर्षसम्म कर बढाइन नहुने वताएका छन् ।सहकारी समन्वय मञ्च गैडाकोटका अध्यक्ष माधवप्रसाद गौतमले नगरपालिका क्षेत्र घोषणा भएका क्षेत्रमा सहकारीहरको कर प्रणालिका बारेमा जानकारी दिन अन्तक्रिया गरीएको बताए । कार्यक्रममा जिल्ला सहकारी सस्था नवलपरासिका अध्यक्ष रामप्रसाद सिग्देल,दुग्ध उत्पादक संघका भुपाल श्रेष्ठ, आन्तरीक राजश्व कार्यालयका प्रमुख प्रम उपाध्याय लगायतले बोलेका थिए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
