नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
काठमाडौं : राष्ट्रिय सहकारी बैंकले नोक्सानी न्यून गर्दै नाफामुखी यात्रा तय गरेको छ। नयाँ व्यावसायिक योजना अघि सार्दैै खर्च नियन्त्रण र वित्तीय भार कम गर्ने नीति अपनाएसँगै बैंकको घाटा क्रमशः घट्दै गएको हो।
आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ६६ करोड ६७ लाख ९९ हजार ९ सय ६४ रुपैयाँ घाटामा रहेको बैंक आ.व. २०८१/८२ मा आइपुग्दा ६९ लाख २१ हजार ८७८ रुपैयाँ मात्रै नोक्सानमा छ। सहकारीमा प्रवाह भएको कर्जा समयमै नउठ्दा अरबौं नोक्सानी ब्यहोरेको बैंकले नोक्सानी घटाउँदै वित्तीय रुपमा सबल हुँदै गएको तथ्यांकले देखाउँछ ।
आ.व. २०८१/८२ मा बैंकले १ अर्ब ६५ करोड नाफा (कर्जा नोक्सानी व्यवस्था अघि) कमाएको छ। अघिल्लो वर्ष यस्तो नाफा १ अर्ब १७ लाख मात्रै थियो । आ.व. २०८१/८२ मा बैंकको सञ्चालन नोक्सान ६ लाख ७ हजार रुपैयाँ मात्रै छ । यस्तो नोक्सान गत आ.व.मा २ अर्ब ९ करोड ५१ लाख रुपैयाँ थियो ।
कर्जाको माग अपेक्षाकृत न्यून रहँदा सहकारी बैंकले ठूलो मात्रामा रकम अन्य बैंक तथा वित्तीय संस्थामा राख्नुपरेको छ। कर्जा प्रवाह घटेपछि मुख्य आम्दानी स्रोत कमजोर बन्दा बैंकको आम्दानीमा संकुचन ल्याएको हो।
सहकारी क्षेत्रमा तरलता सङ्कट, बचतमा ह्रास, अर्थतन्त्रका मन्दी र घरजग्गा कारोबारका सुस्तताका कारण बैंकमा निष्क्रिय कर्जा अत्यधिक बढेको छ । बैंकले वित्तीय स्वस्थता र जोखिम व्यवस्थापनका लागि नियमानुसार पर्याप्त कर्जा नोक्सानी व्यवस्था गर्दै आएको छ। बैंकले ५ अर्ब १५ करोड ६२ लाख रुपैयाँ कर्जा नोक्सानी व्यवस्था गरेको छ।
आ.व. २०८१/८२ मा बैंकले कर्जा पोर्टफोलियोको गुणस्तर सुदृढीकरण, जोखिम नियन्त्रण र निष्क्रिय कर्जा व्यवस्थापनमा महत्वपूर्ण कदम चालेको बैंकले जनाएको छ। यस क्रममा सकार गरिएका गैर–बैंकिङ सम्पत्तिहरू लिलाम बिक्री गरी बैंकले आम्दानी गरेको छ । आ.व. २०८१/८२ मा करिब १७ करोड रुपैयाँ बराबरको गैरवित्तीय सम्पत्ति बिक्रि गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
कानुनी निकायसँगको सहकार्यमा मुद्दा मामिलाको निरूपण र पर्याप्त ऋण नोक्सानी व्यवस्था कायम गरी जोखिम वहन क्षमता बढाएको तथा सदस्य संस्थाको लगानी सुरक्षित गरेको बैंकको दाबी छ।
बैंकमा १६ हजार ४ सय २६ सहकारी आवद्ध छन् । बैंकको सेयर पुँजी २ अर्ब ८९ करोड १५ लाख ७ हजार ९ सय रुपैयाँ छ। बैंकको जगेडा कोषमा १ अर्ब ४७ करोड र अन्य विभिन्न कोषहरुमा १ अर्ब ५९ करोड रुपैयाँ छ।
तथा कोषहरुमा २ अर्ब ४७ करोड रुपैयाँ छ। ४७ अर्ब ५ करोड ६२ लाख कुल निक्षेप रहेको बैंकले २० अर्ब १९ करोड ९४ लाख मात्रै लगानी गरेको छ।
सहकारीहरूको एकमात्र बैंकका रूपमा स्थापित राष्ट्रिय सहकारी बैंकमा गत वर्ष मात्र ११ करोड रुपैयाँ सेयर वृद्धि भएको छ। लाभांश वितरण गर्न नसकेको अवस्थामै बैंक रहे पनि सहकारी संस्थाहरू भने निरन्तर रूपमा सेयर विस्तार गरिरहेका छन्। यसले सहकारी बैंकप्रति रहेको विश्वास अझै मजबुत भएको स्पष्ट संकेत दिएको छ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुलीको काम एकसाथ अगाडि बढाउँछौं: मन्त्री रावल
१६ बैशाख २०८३, बुधबार
राष्ट्रिय सहकारी बैंकको निर्वाचन जेठ ९ गते, निर्वाचन कार्यतालिका केही दिनमा
१६ बैशाख २०८३, बुधबार
तेस्रो वार्षिकोत्सवमा आईस्मार्टको विशेष अफर सार्वजनिक
१४ बैशाख २०८३, सोमबार