२० कात्तिक २०८३, शुक्रबार

हातेमालो सहकारीद्वारा बाढीपिडितलाई ३१ हजार सहयोग घोषणा

२०७१ भदौ ७, शनिवार
हातेमालो सहकारीद्वारा बाढीपिडितलाई ३१ हजार सहयोग घोषणा

सिमरा, ७ भाद्र । बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिन्धुपाल्चोक र मुलुकभर केही दिन अघि गएको बाढीपहिरोका पिडित परिवारजनलाई सहयोगस्वरुप ३१ हजार एक सय एघार रुपैया प्रदान गर्ने निर्णय गरेको छ ।

आज संस्थाका अध्यक्ष कृष्ण पौडेलको अध्यक्षतामा बसेको सञ्चालक समिति र लेखा समितिको ३१ औं वैठकले सुनकोशीलगायत विभिन्न स्थानमा गएको बाढी पहिरोमा परी निधन भएकाहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ । बाढीपहिरोका मृतक र पिडित परिवारजनलाई उचित क्षतिपूर्ति, उद्धार र दिगो पुनर्व्यवस्थापनका लागि राज्य र सम्वद्ध पक्षलाई गम्भिर हुनसमेत वैठकले अनुरोध गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्वको भावनालाई आत्मसात गर्दै उक्त सहयोगको घोषणा गरेको र उक्त रकम मुलुकभरका सहकारी संघसंस्थाहरुको राष्ट्रिय सहकारी संघ नेपाललाई उपलव्ध गराउनेछ ।

वैठकले आगामी अशोज ४ गते शनिवार संस्थाको सातौं वार्षिक साधारणसभा आयोजना गर्नेसमेत निर्णय गरेको छ ।

अभिलेख

लोकप्रिय