त्रि सुन्दरीको सातौं साधारणसभा सम्पन्न, साढे ६ लाख खुद नाफा
काठमाडौं, ७ भदौ । श्री त्रि सुन्दरी बचत तथा ऋण सहकारीको सातौं साधारणसभा आज सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७०/०७१ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष निरञ्जन कुमार श्रेष्ठले ६ लाख ६८ हजार ३ सय २२ रुपैंया खुद नाफा गरेको बताए ।
सो आर्थिक वर्षमा संस्थाले ३ करोड ५० लाख १ हजार ८ सय ६८ रुपैंया निक्षेप संकलन गरी ३ करोड २७ लाख ७९ हजार ८ सय ६७ रुपैंया कर्जा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए ।
संस्थाले सदस्यलाई १ लाख २५ हजार ३ सय १० लाभांश दिने प्रस्ताव पारीत गरेको छ । चालु आर्थिक वर्षमा संस्थाको ५ लाख ४३ हजार १२ रुपैंया जगेडा कोष रहेको छ ।
२०६४ सालमा स्थापना भएको यस संस्थाले अशत्तलाई राहत, बाल सदस्यलाई बर्थ डे केक, महिला सदस्यलाई तिजको अवसरमा सौन्दर्य सामग्री, सुत्केरी भेटघाट कार्यक्रम लगायत गर्दै आएको संस्थाका प्रवन्धक राजेशराज पाण्डेले बताए ।
कार्यक्रममा सिन्धुपाल्चोक क्षेत्र नं १ का सभासद् मोहन बस्नेत, ग्रिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, त्रि नातेश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अनिल कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
