२० कात्तिक २०८३, शुक्रबार

सहकारी दैवी प्रकोप उद्धारकोष स्थापना

२०७१ भदौ ६, शुक्रबार
सहकारी दैवी प्रकोप उद्धारकोष स्थापना

काठमाडौं, ६ भदौ । राष्ट्रिय सहकारी संघले देशका विभिन्न ठाउँमा बाढी पहिरो र डुवानबाट पीडितहरुको सहयोगका लागि सहकारी दैवी प्रकोप उद्धारकोष स्थापना गरी कोषमा सक्दो सहयोग गर्न देशभरका सहकारी संघ संस्था, सहकारीकर्मीहरु र इच्छुक व्यक्तिहरुलाई आव्हान गरेको छ ।

संघले विज्ञप्ती प्रकाशित गरी मुलुकका विभिन्न क्षेत्रमा भएको प्राकृतिक प्रकोप पीडितलाई राहत सहयोगका लागि आव्हान गरेको हो । पीडितहरुको राहत तथा सहयोगका लागि सहकारी क्षेत्रबाट सामुहिक रुपमा यथासम्भव सहयोग पुर्याउने उदेश्यका साथ सहकारी दैवी प्रकोप उद्धारकोष स्थापना गरिएको संघले जनाएको छ ।

संघले राष्ट्रिय सहकारी बैंकको बानेश्वर शाखामा रहेको खाता नं १३–००२४२–९, नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको खाता नं १४२००–३४३५१–१० र काठमाडौं भुगोलपार्कस्थित नेपाल बैंकको खाता नं ०००२–११–००६२६९५ मा रकम जम्मा गर्न सकिने संघले जनाएको छ । बैंकका देशभरका शाखाहरु मार्फत राहत रकम संकलन गर्न सकिने संघले जनाएको छ ।

अभिलेख

लोकप्रिय