बिकु साकोस द्धारा बक्तृत्वकला प्रतियोगिता
गैंडाकोट, ३ भदौ । बिकु बचत तथा ऋण सहकारि सस्था लिमिटेडको २४ औँ बर्ष प्रवेशको अवसरमा अन्तरमावि र उच्च मावि स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
प्रतियोगितामा जिवन उच्च मावि कावासोतीकी छात्रा लक्ष्मी बि.क प्रथम भएकी छिन् । त्यस्तै सेन्ट जोसेफ बोर्डिङ्ग स्कूल कावासोतिकी छात्रा पूजा तिमिल्सीना द्धितिय र नमुना उच्च मावि गैँडाकोटका विभोर गौली, जनता उच्च मावि कावासोतिकी संगीता कंडेल र अमरज्योति मावि अमरापुरीका छात्र प्रताप दाहालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । विकु बचत तथा क्रण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिलाल सापकोटाको अध्यक्षतामा सम्पन्न बक्तृत्वकला प्रतियोगितामा साहित्यकार गोविन्द राज बिनोदीको विशेष आतिथ्यता रहेको थियो ।
वक्तृत्वकला प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार रामहरी शर्मा, कृष्णदेबी श्रेष्ठ र समाजसेवी बेद प्रसाद गौँडेल रहरेका छन् । बक्तृत्वकला प्रतियोगितामा गैँडाकोट नगरपालीका र कावासोती नगरपालीका अन्तर्गतका मावि र उच्च मावि गरि २१ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । उत्कृष्ट नतिजा हासिल गर्ने छात्र छात्रालाई २४ औँ बर्षको मूल समारोह भाद्र ५ गतेका दिन पुरस्कार वितरण गरिने विकुका प्रमुख अधिकृत माधव पौडेलले जानकारी गराए ।
यसै गरी २४औँ बर्ष प्रवेशको अवसरमा विभिन्न कार्यक्रम गर्ने क्रममा संस्थाले भाद्र ४ गते शुभेच्छुकहरुसंग अन्तक्रिया कार्यक्रम र ५ गते बार्षिकोत्सब मूल समारोह कार्यक्रमको आयोजना गरेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
