३ सय ८२ सहकारीको दर्ता खारेज
काठमाडौं, ४ भदौ । आर्थिक वर्ष २०७०/०७१ मा देशभर ३ सय ८२ सहकारी संस्थाको दर्ता खारेज भएको छ ।
सहकारी विभाग अन्तर्गत रहेको ३३ वटा डिभिजन कार्यालय र ५ वटा डिभिजन तथा प्रशिक्षण केन्द्रले उक्त निष्कृय संस्थाको दर्ता खारेज गरेको हो । ति संस्थाको दर्ता खारेज गरी सहकारी नियमन तथा सुशासन प्रभावकारी बनाउने काम भएको सहकारी विभागले जनाएको छ ।
खारेज भएका सहकारी संस्थामध्ये अधिकांश बचत तथा ऋण सहकारी संस्था छन् । लामो समयदेखि लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन र साधारणसभासम्बन्धी कागजात नबुझाएकाले ती सहकारी संस्थाको दर्ता खारेज भएको हो । विशेष गरी शहर केन्द्रित रही स्थापना भएको सहकारी खारेजीमा परेको विभागको भनाई छ ।
त्यस्तै सोही आर्थिक वर्षमा ७ सय ५२ वटा नयाँ सहकारी संघ÷संस्था स्थापना भएका छन् । जसमा २६ वटा संघ रहेका छन् भने ७ सय २६ प्रारम्भिक सहकारी संस्था रहेका छन् । नयाँ
सहकारी स्थापना भएपछि सदस्यहरु बीच आर्थिक, सामाजिक सशक्तिकरणमा योगदान पुगेको सहकारी विभागका वरिष्ठ कृषि अर्थविज्ञ विष्णु प्रसाद घिमिरेले सहकारीखबरलाई बताए । नगर क्षेत्रमा बचत तथा ऋण सहकारी संस्थाको दर्ता बन्द गरेपछि हाल सहकारी दर्ता ह्वात्तै घटेको छ ।
देशभर वार्षिक २ हजार भन्दा बढी संस्था दर्ता हुनेगरेको दर्ता रोक गरेपछि यसको संख्या ७ सय २६ मा सिमिति भएको हो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
