२० कात्तिक २०८३, शुक्रबार

सुप्रिम साकोसको सञ्चालन नाफा २० लाख

२०७१ भदौ १, आईतवार
सुप्रिम साकोसको सञ्चालन नाफा २० लाख

ललितपुर १ भदौ । सुप्रिम  बचत तथा ऋण सहकारी संस्था लिको चौथो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । सो साधारणसभामा प्रतिवेदन प्रस्तुत गर्दे संस्थाका अध्यक्ष  शिबदीप लोहोनीले  आर्थिक बर्ष २०७०।०७१मा २० लाख रुपैयाँ सञ्चालन नाफा गर्न सफल भएको  जानकारी दिए । सो अबधीमा संस्थाले  ११ करोड २६ लाख   रुपैयाँ निक्षेप संकलन गरी १० करोड८ लाख रुपैयाँ कर्जा लगानी गरेको सो अबसरमा जानकारी दिइयो । सभाले संस्थाको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनका साथै आव २०७१÷७२ को वार्षिक बजेट तथा कार्यक्रम पारित गरेको संस्थाका कार्यकारी अध्यक्ष शिवदीप लोहनीले जानकारी दिए । हाल संस्थाको सेयर १ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

कार्यक्रममा डिभिजन सहकारी कार्यालय ललितपुरका  प्रमुख रामहरि लामिछाने , जिल्ला सहकारी संघ ललितपुरका कोषाध्यक्ष माधव तिमिल्सिना लगायतका सहकारी आन्दोलनका अगुवाहरु सहभागि थिए ।fb

अभिलेख

लोकप्रिय