२० कात्तिक २०८३, शुक्रबार

बाढी पिडितलाई ४.८ करोड वित्तिय सहयोग

२०७१ भदौ १, आईतवार
बाढी पिडितलाई ४.८ करोड वित्तिय सहयोग

काठमाडौं । नेपाल सरकारले भारत सरकारलाई कैलाशपुर, लक्ष्मणपुर र महली सागर बाँधका द्वारहरु खोल्न गरेको अनुरोधलाई स्विकार गरेको छ । नेपाल सरकारले बाढी पिडितको उद्धार तथा राहात प्रयासमा भारत सरकारको अरु सहयोग पनि आवश्यक पर्नसक्ने कुरा जानकारी गराइएको छ ।
भारतको स्वतन्त्रता दिवसको दिन नयाँदिल्लीमा भारतका क्याबिनेट सचिवको अध्यक्षतामा अवस्थावारे समिक्षागर्न र नेपाल सरकारका तर्फबाट आएको अनुरोधलाई विचार गर्न आकस्मिक बैठक समेत बसेको भारतीय दुतावासले जनाएको छ ।
भारत सरकारले सामग्री र राहाततथा उद्धार कार्य आवश्यक परेको अवस्थामा नेपाल सरकारबाट आउने छोटो सूचनाको आधारमा पनिउपलब्ध गराउनसक्ने गरि तीन वटा हेलिकप्टरहरु तथा स्थिर पंखाभएको विमानलाई भारतमा तयारी अवस्थामा राख्ने पनि निर्णय गरेको छ । महिनाको शुरुमा नेपाल सरकारको अनुरोध स्वरुप सिन्धुपाल्चोक जिल्लामा गएको भिषण पहिरोको सन्दर्भमा भारतीय एक प्राविधिक टोलीले नेपालको भ्रमण गरेको छ ।

भारत सरकारले वाढी प्रभावित क्षेत्रमा राहात तथा उद्धार प्रयासको लागि नेपाल सरकारलाई ४.८ करोड वित्तिय सहयोग प्रदानगर्ने पनि निर्णय गरेको छ ।
भारत सरकारले विभिन्न नदीहरु मा आएको पानीको वहावबारे तत्कालै निरन्तर जानकारी प्रदानगर्न पनि नेपाल सरकारलाई अनुरोध गरेको छ । यसले गर्दा नेपाललाई आवश्यक पर्ने सहयोग प्रभावकारी रुपमा उपलब्ध गराउन मात्र उपयोगीनभै यसले भारत तर्फ उपयुक्तउ पायहरु अपनाउन पनि सहयोग पुग्ने जनाएको छ ।

अभिलेख

लोकप्रिय