सहकारी मन्त्रालयमा सचिव श्रीधर गौतम ल्याइए, विकास बोर्डको सदस्यसचिवमा प्रसन्नकुमार कोइराला नियुक्त
काठमाडैा, ३० साउन । सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा श्रीधर गौतम आएका छन् । बिहीबार सम्पन्न मन्त्रिपरिषद्को बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा श्रीधर गौतम नियुक्त गरेको हो ।
राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिवमा प्रसन्नकुमार कोइरालालाई नियुक्त गरेको छ । बाबुराम भट्टराई सरकरले नेपाल ट्रष्टको कार्यालयमा खेदेका श्रीधर गौतमले सहकारी मन्त्रालयको जिम्मेवारी पाएका हुन । यस्तै सरकारले सचिव सुरेशमान श्रेष्ठलाई पर्यटनमा सरुवा गरेको छ ।
श्रेष्ठ यसअघि श्रम तथा रोजगार मन्त्रालयमा थिए । सहकारी सचिव लालमणि जोशीको उमेर हदबन्दीले अवकाश भएको झण्डै एक महिनापछि सहकारी मन्त्रालयमा श्रेष्ठ आएका थिए ।तर मन्त्रालयमा आएको ३ महिना पनि नबित्दै सचिव फेरिएका हुन । जोशी भन्दा अघि रणबहादुर श्रेष्ठले समालेका थिए तर उनि केही उमेर हदका कारण अबकाश पाएका थिए। करिब ३ बर्ष अघि सरकारले कृषि तथा सहकारीलाई अलग्याएर सहकारी तथा गरिबी निवारण मन्त्रालय गठन गरेको थियो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
