२० कात्तिक २०८३, शुक्रबार

भारतको ६८ औँ स्वतन्त्रता दिवस आज, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतलाई बधाई

२०७१ साउन ३०, शुक्रबार
भारतको ६८ औँ स्वतन्त्रता दिवस आज, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा भारतलाई बधाई

काठमाडौं, ३० साउन ।  राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले भारतको ६८ औँ स्वतन्त्रता दिवसका उपलक्ष्यमा भारतका राष्ट्रपति प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बेग्लाबेग्लै सन्देश पठाई बधाई ज्ञापन गरेका छन् ।

सन्देशमा राष्ट्रपति डा यादवले भारतीय राष्ट्रपतिको व्यक्तिगत सुख र सुस्वास्थ्यका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेका छन् । सन्देशमा उनले दुई देशबीच रहिआएको वषौं पुरानो सम्बन्ध आउँदा वर्षमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका छन् । त्यस्र्त प्रधानमन्त्री कोइरालाले भारतीय समकक्षी मोदीलाई शुभकामना सन्देश पठाउँदै भारत सरकार र त्यहाँका जनताप्रति बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीलाई बिहिबार पठाएको शुभकामना सन्देशमा प्रधानमन्त्री कोइरालाले मोदीको यसै महिना भएको नेपाल भ्रमणको स्मरण गर्दै त्यसले द्विपक्षीय मैत्रीपूर्ण एवम् सहयोगात्मक सम्बन्धलाई अझ सुदृढ तुल्याएको बताएका छन् । प्रधानमन्त्री मोदीको कार्यकालमा शताब्दीयौँ पुरानो नेपाल–भारत सम्बन्ध अझ सुदृढ हुने विश्वास पनि प्रधानमन्त्री कोइरालाले व्यक्त गरेका छन् ।

अभिलेख

लोकप्रिय