मासिक प्रतिवेदन नबुझाउने सहकारी कारवाहीमा
भरतपुर २९ साउन । सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालय भरतपुर चितवनले मासिक प्रतिवेदन नबुँझाउने सहकारीहरुलाई कारवाहि प्रकृया सुरु गरेको छ । समयमा नै मासिक प्रतिवेदन नवुझाएका सहकारी संस्थाहरु वढ्दै गएपछि कारवाहि प्रकृया अघि बढाएको सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका निरिक्षक श्रीकृष्ण नेपालले जानाकारी दिए । यस अघि १ करोड भन्दा वढि कारोवार गर्ने सहकारीले मासिक प्रतिवेदन नवुँझाए १५ सय जरिवाना गर्ने व्यवस्था गरेको थियो । भने अहिले आएर मासिक प्रतिवेदन नवुँझाउने सवै सहकारीहरुलाई जरिमाना गर्ने सहकारी तथा प्रशिक्षण कार्यालय भरतपुरले जानाकारी दिएको छ ।
जिल्लामा दुग्ध, कृर्षि, बहुउद्देश्यीय, सामाजिक उद्ययमी, जडिबुटि सहकारी संस्थाहरुले समयमा नै मासिक प्रतिवेदन बुझाउने गरेका छैनन् । ६ सय ५६ सहकारी रहेको चितवनमा २ सय ५० भन्दा वढिले मासिक प्रतिवेदन नवुझाएको सहकारी तथा प्रशिक्षण कार्यालयले जानाकारी दिएको छ । १ सय ५ वटा दुग्ध सहकारी संस्था, ७७ वटा कृषि सहकारी संस्थाले मासिक प्रतिवेदन नवुझाएको सहकारी निरिक्षक श्रीकृष्ण नेपालले जानाकारी दिए। चितवनमा वचत तथा ऋणका २ सय ७४, दग्ध उत्पादनक १ सय ४३, कृषि १ सय १, बहुँउद्देश्य ६८, तजा तरकारी तथा फलफुल १० ,उपभोक्ता ९, सामाजिक उद्यमी, १३, जडिवुटिका १० वटा सहकारी छन् । यस्तै माछापालनका ६, संचारका ५, मौरीपालन ३, पर्यटनका ३, रेशम स्वाग्थ्य,, ग्रामीण विद्युतीकरण १ र शीत भण्डारका १ सहकारी रहेका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
