२० कात्तिक २०८३, शुक्रबार

राष्ट्रिय सहकारी संघको अध्यक्षमा केशब बडाल विजयी

२०७१ साउन २३, शुक्रबार
राष्ट्रिय सहकारी संघको अध्यक्षमा केशब बडाल विजयी

काठमाडौं । राष्ट्रिय सहकारी संघको अध्यक्षमा केशब बडाल पुन निर्वाचित  भएका छन् । यस्तै वरिष्ठ उपाध्यक्षमा मीनराज कँडेल विजयी भएका छन् । अन्य ११ पदमा निर्विरोध निर्वाचित भएका थिए । महिला उपाध्यक्षमा ओमदेवी मल्लसहित केन्द्रिय संघबाट  रमेश पोखरेल, सुरेन्द्र भण्डारी, गोविन्द बाराकोटी निर्विरोध निर्वाचित भएका हुन् ।  त्यस्तै निर्विरोध हुनेमा केन्द्रिय संघहरुबाट रमेश पोखरेल, सुरेन्द्र भण्डारी, गोविन्द बाराकोटी पदम दाहाल निर्विरोध निर्वाचित भएका हुन । त्यस्तै सुदुर पश्चिमबाट तारा लामा तामाङ, पश्चिमाञ्चलबाट भिम तुलाचन निर्विरोध भएका छन् । महिला समूहबाट संचालकमा प्रभा कोइराला र  टिका बुढाथोकी निर्विरोध भएका छन् । लेखा समिति सयोजकमा धर्मदत्त देवकोटा निर्बाचित भएका छन् ।  भने सदस्यहरुमा उमेश महाशेठ र सदस्य सोम श्रेष्ठ  निर्विरोध भएका छन् ।

कस्को मतपरिणाम कस्तो
अध्यक्ष – केशवप्रसाद बडाल    २२२ (विजयी)
अध्यक्ष- हिरामणी पौडेल     ६१
वरिष्ठ उपाध्यक्ष – विजयराज घिमिरे  ९७

वरिष्ठ उपाध्यक्ष  – मीनराज कँडेल  १८३ (विजयी)
सञ्चालक (खुला) – बद्रीप्रसाद लम्साल  २१४(विजयी)
सञ्चालक (खुला) – ध्रुवनारायण यादव १००
सञ्चालक (खुला)- शिवप्रसाद कट्टेल १०९
सञ्चालक (खुला)- खेमबहादुर पाठक २१८ (विजयी)
सञ्चालक (खुला)- दक्ष पौडेल २२९ (विजयी)
सञ्चालक (खुला) – चन्द्रप्रसाद ढकाल २४२ (विजयी)
सञ्चालक (खुला) – रामचन्द्रसिंह कुशवाह  २०६ (विजयी)
सञ्चालक (खुला) -रविन्द्र के.सी.  १७० (विजयी)
सञ्चालक (पूर्वाञ्चल)  -हरिशंकर परियार ७३

सञ्चालक  (पूर्वाञ्चल) शिव डाँगी     १८४  (विजयी)

सञ्चालक (मध्यमाञ्चल) माधव दुलाल     २१० (विजयी)
सञ्चालक (मध्यमाञ्चल)  राधेश्याम सुवाल ३७

लेखा समिति सयोजक
धर्मदत्त देवकोटा     १९६ (विजयी)
लेखा समिति सयोजक-  शेषुराम भण्डारी  ६९

तस्विर- माधव तिमिल्सिनाको फेसबुकबाट

अभिलेख

लोकप्रिय