२० कात्तिक २०८३, शुक्रबार

प्रतिनिधि विवादले संघमा खैलाबैला, ३० जना भन्दा बढी प्रतिनिधि राजनीति गर्न आएको आरोप

२०७१ साउन २३, शुक्रबार
प्रतिनिधि विवादले संघमा खैलाबैला, ३० जना भन्दा बढी प्रतिनिधि राजनीति गर्न आएको आरोप

ललितपुर, २३ साउन । राष्ट्रिय संघमा नाम निसानानै नभएको ठाँउबाट प्रतिनिधित्व गरेका प्रतिनिधिहरुको व्यापक विरोध आएको छ । कम्तिमा ३० जना प्रतिनिधिहरु नामनिसानानै नभएको क्षेत्रबाट राजनीति गर्नका लागि संघमा प्रतिनिधित्व गरेको आरोप छ ।

१५ जना प्रतिनिधिले निर्वाचन मण्डलमा छानविनकालागि आज उजुरी दिएको छ । तत्काल छानवीन गरी यसको जवाफ दिन माग गरिएको छ । यस विषयमा निर्वाचन मण्डलले छानवीन गर्ने प्रतिक्रिया दिएको छ । यस विषयले संघमा खैैलाबैला मच्चाएको छ ।

सहकारीको नाममा राजनीति गर्नकालागि विभिन्न संघबाट प्रतिनिधित्व गरेको उनीहरुको दाबी छ । व्यक्तिगत स्वार्थका लागि यस्तो भएको उजुरी कर्ता गोविन्द पहाडीले बताए । उनी जिल्ला बचत संघ, पर्वतबाट प्रतिनिधि हुन् । विभिन्न पेशा र व्यवसायमा लागेको व्यक्तिहरु समेत सहकारीको प्रतिनिधित्व भएको उनको दाबी छ । नाम निसानानै नभएको संघबाट प्रतिनिधित्वको विरोध गरेको उनको भनाई छ । यस्ता प्रवृतीले सच्चा सहकारीकर्मीलाई बाधा भएको उनले बताए ।

काठमाडौंका केन्द्रिय निकायमा भएको व्यक्ति नाम निशानानै नभएको जिल्लाका विभिन्न संघबाट प्रतिनिधित्व गरेकाले विराध गरेको उनको भनाई छ ।

अभिलेख

लोकप्रिय