२० कात्तिक २०८३, शुक्रबार

फेसबुकमा सहकारीकर्मीले भने,सहकारी नवुझेका र कहिलै वुझ्न नचाहनेहरुले यो क्षेत्रलाई घृणीत वनाए

२०७१ साउन २३, शुक्रबार
फेसबुकमा सहकारीकर्मीले भने,सहकारी नवुझेका र कहिलै वुझ्न नचाहनेहरुले यो क्षेत्रलाई घृणीत वनाए

काठमाडाै २३ साउन । राष्ट्रिय सहकारी संघको राजनितिक भागबण्डाको सहकारीकर्मीहरुले चर्को आक्रोश पोखेका छन्। दलहरुको भागबन्डाको विरोध गर्दै सामाजिक संजालमा समेत आफ्नो असन्तुष्टि पोखेका हुन ।   ललितपुरका युवा सहकारीकर्मी रामशरण बस्नेतले आफ्नो फेसबुकमा यस्तो लेखेका छन् ।
 
यो सहकारि क्षेत्रलाई सहकारि नवुझेका र कहिलै वुझ्न नचाहनेहरुले यति घृणीत वनाएकि सहकारि कर्मीहरुलाई कहिलै फर्केर हेर्न सम्म मन नलाग्ने वनाए। योजना विहिन ती प्राणीहरु खाली दिमागले हामि जस्ता मानिसलाई निर्देशन दिन खोज्दैछन। चाकडिलाई सर्वोस्स ठान्ने ती अल्पज्ञानीलाई यो अभियानले कसरि संगै लान सक्छ थाहा छैन तर यिनिहरु जादैछन्। नेतृत्वले सहि मान्छे पहिचान गर्न नसक्दा कहिलेकाहि अभियानले वाटो विराउन सक्छ। क्षमताको आधारमा भन्दा पनि उमेर, नाता र चाकडिको भरमा आफुलाई अव्वल सावित गर्ने प्रवृत्ति नहटे सम्म ओरेन्टल र यस्ता घटनाहरु दोहोरिरहन्छन। त्यसैले यस्तो ठाउमा रहनु भन्दा सदाका लागि अलग रहनु राम्रो। सवै जना सचेत हुने वेला आएको छ वेलैमा चेतना भया। जय होस१ धन्यवाद ।
 
 
2222
यस्तै अर्का सहकारीकरमी  लेखबहादुर बुढाथाकीले  नेपालको सहकारी आन्दोलन दलिय राजनितिको भागबण्डामा परेर तहसनहस हुँदैछ।आफ्ना राजनैतिक सिद्धान्तलाई जनतासामु उत्कृष्ट प्रमाणित गर्न नसकि चुनाव हारेका टिकेहरु सहकारी आन्दोलनभित्र ईवोला भाईरस भएर छिरेकाछन।सहकारीका लागि राजनीति हाम्रो भान्सामा जुत्ता र कुत्तासरह निषेधित हुनुपर्छ भन्ने स्व. डा. भर्गिस कुरियनको पबित्र भनाईलाई संझदै नेपालको सहकारीआन्दोलनलाई राजनैतिक दलका दलालबाट मुक्त गरौं । भनेर लेखेका छन्
 

अभिलेख

लोकप्रिय