कैलालीका ३० सहकारीको दर्ता खारेज
कैलाली, २३ साउन । जिल्लामा अहिलेसम्म दर्ता भएका ४८५ सहकारी संस्थामध्ये ३० सहकारी संस्थाको दर्ता खारेज भएको छ ।
सहकारी ऐनअनुसार सहकारी संस्थाले काम नगरेकाले ती सहकारीको दर्ता खारेज भएको सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय धनगढीले जनाएको छ ।
खारेज भएका सहकारी संस्थामध्ये अधिकांश बचत तथा ऋण सहकारी संस्था छन् । लामो समयदेखि लेखा परीक्षण प्रतिवेदन, वार्षिक प्रतिवेदन र साधारणसभासम्बन्धी कागजात नबुझाएकाले ती सहकारी संस्थाको दर्ता खारेज भएको सहकारी डिभिजनका प्राचार्य खेमराज विष्टले जानकारी दिनुभयो ।
जिल्लाका टीकापुर नगरपालिकामा पाँच, जोशीपुर गाविसमा चार, प्रतापपुर गाविसमा दुई, बलिया गाविसमा पाँच, अत्तरिया नगरपालिकामा एक र अन्य १३ गाविसमा गरी ३० सहकारीको दर्ता खारेज भएका छन् ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
