नेतृत्व छनोटको अवसर
– रामसूदन तिमल्सिना
नेतृत्वको अर्थ सामान्य छैन । नेतृत्वको सक्षमताले विकासको गतिमा तिव्रता थप्ने काम गर्छभने असक्षमताले विकृति र विसंगती निम्त्याउँछ ।
सदस्य तथा जनतालाई प्रेरित गर्न सक्ने, लक्ष्य निर्धारण गरेर त्यसलार्ई स्पष्टसँग बुझाउन सक्ने र आइपर्ने समस्या समाधानका उपाय पहिल्याउन सक्ने क्षमता नेतृत्वमा हुन्छ ।
सामुहिक लक्ष्य प्राप्तका लागि अर्को सदस्यबाट सहयोग लिन सक्ने खुबी भएको व्यक्ती नै नेता हो । व्यक्तीगत स्वार्थभन्दा माथि उठेर जसले काम गर्छ त्यो नै नेता हो । व्यक्तीमा मनोसामाजिक प्रेरणा उत्पन्न गर्न सक्ने सामान्य मानिसभन्दा निपूर्ण रहेको व्यक्तीलाई नै नेता भनिन्छ । पदमा बसेर भन्दा पनि व्यक्तीगत गुणका कारण व्यक्तीमा नेतृत्व क्षमता देखिन्छ ।
त्यसैले सबै नेता नेतृत्व गुण सम्पन्न हुन्छन् भन्ने छैनन् । नेतृत्वकर्ता चयन गर्दा हामीले सोच बुझसँग गरेनौं भने हाम्रो देश, संस्था अथवा समाजमा नकारात्मक प्रभाव पर्छ । क्षणिक फाइदामा दाँजेर नेतृत्व छनोटको जस्तो विशाल निर्णयलाई सामान्य रुपमा नलिउँ । यतिबेला संघ संस्थाहरुमा कुशल र सक्षम नेतृत्वकर्ताभन्दा पनि दलगत कलर हेरेर छनोट गर्ने परिपाटी चलेको छ । जुन सहकारी आन्दोलनका लागि घातक हुन्छ । ‘आफ्नो पार्टीको मान्छे नजिताइ हुँदैन तर मान्छे त अर्को उपयुक्त हो’ भनेर संघ संस्थाका नेताहरुले अभिव्यक्ती दिदै हिडेको देखिन्छ । संसदीय र अन्य निर्वाचनमा पार्टीगत झन्डा बोकेर हिड्दा हुन्छ तर सहकारी आन्दोलनमा विन्ति छ एमाले, कांग्रेस, माओवादी भनेर दलगत रुपमा रंग छर्केर प्रवेश नगरौ भन्ने हाम्रो राय छ ।
जसरी खेलकुदको मैदानमा जात, वर्ण, धर्म, दलको भन्दा पनि उत्कृष्ट खेल पदर्शन गर्नेको तारिफ र प्रोत्साहन हुन्छ त्यसैगरि सहकारीमा पनि त्यसै अनुरुपमा अगाडी बढ्ने जमर्को आजैबाट हामीले गरेनौ भने भोलीका सन्ततीले हामीलाई सराप्ने छन् । जन्मदेखि मरणसम्मको साथी हो सहकारी त्यसलाई कुनै दलगत स्वार्थले प्रवेश गर्न खोज्ने नेतालाई हामीले बाहिस्कार गर्नै पर्छ । उसो त पार्टीको झन्डा ओडेर सहकारीमा छिरेकाहरु नै सहकारीमा राजनीति हुनुहुदैन भनेर ठूलो भाषण दिन पछि पर्दैन तर हामीले व्यवहारीक हुन सक्नुपर्छ । केहि समयपछि राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी संघ र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको निर्वाचन हुँदैछ । विगतमा हामीले ती संघहरुको निर्वाचनमा दलगत भागवन्डालाई नभोगेका होइनौं । सामाजिक प्राणी भएकाले सबैमान्छे राजनीतिबाट विमुखहुन सक्दैन तर त्यसो भन्दैमा सहकारीमा बल्खु, सानेपाको टिका लगाएर नेता बन्न सकिन्छ भन्ने परिपाटीलाई तोड्न सकेनौं भने हामीलाई उनीहरुले आफ्नो भातृ संस्थाझै बनाउँदै लग्ने छन् अनि आफ्नो स्वार्थका लागि उपयोगी बनाउँने छन् ।
‘छाता संगठनमा उठ्न पार्टीमा लविङ भइरहेकोछ टिकट दिन्छ कि दिर्दैन’ एक सहकारीकर्मीको यो वाक्यले मेरो टाउँको यसरी घुम्यो म थचक्कै बसे । त्यस्तै नेताहरुले सहकारीलाई जर्वजस्ती दलगत स्वार्थ घुसाउँदै छन् । सहकारीकर्मी विवेक भएका हुन्छन् भनेर देखाउनका लागि हामीले बल्खु, सानेपा, पेरिसडाँडाबाट टिका लगाएर आएकाहरुलाई शुन्य मत दिएर सहकारीमा राजनीतिक प्रवेशलाई निस्तेज पार्ने आँट राख्नुपर्छ । नेतृत्व छनोटको यो अवसरलाई हामीले सहि रुपमा सदुपयोग गर्न सक्यौं भने मात्र सहकारी मुभमेन्टले दु्रत गति लिन सक्छ ।
लेखक : को–अपरेटर मासिकका सम्पादक हुनुहुन्छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
ज्येष्ठ सदस्यलाई विकू बचतको सम्मान, समुदायलाई प्रतिक्षालय हस्तान्तरण
२२ चैत्र २०८२, आईतवार
नवकान्तिपुर साकोसद्वारा सहकारी दिवसमा सदस्य अन्तरक्रिया र कर्मचारी उत्प्रेरणा कार्यक्रम
२२ चैत्र २०८२, आईतवार
६९औं सहकारी दिवस: मिलिजुली कालिञ्चोक साकोसद्वारा स्वास्थ्य शिविर सम्पन्न
२२ चैत्र २०८२, आईतवार