२० कात्तिक २०८३, शुक्रबार

आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण ः अध्यक्ष नेम्वाङ

२०७१ साउन २२, बिहिबार
आर्थिक विकासका लागि सहकारीको भूमिका महत्वपूर्ण ः अध्यक्ष नेम्वाङ

काठमाडौं, २२ साउन ।  संविधानसभाका अध्यक्ष सुवाषचन्द्र नेम्वाङले देशको आर्थिक विकासका लागि सहकारीहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।
राष्ट्रिय सहकारी सङ्घ लिमिटेड नेपालको २२औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले सहकारी विकाससँगै चुनौतीहरु आउने गरेकोले समस्यालाई समाधान गर्न सुझाव दिनु भयो ।
उहाँले राजनीतिक निकासका लागि सङ्घिय गणतन्त्रात्मक संविधान निर्माणकार्य द्रुतगतिमा अगाडि बढिरहेको चर्चा गर्दै माघ ८ गतेभित्र संविधान जारी हुने बताउनुभयो ।
पूर्वउपप्रधानमन्त्री एवम् सभासद् भरतमोहन अधिकारीले देशभरी छरिएर रहेका पूँजीलाई एकीकृत गरी आर्थिक विकासमा लगानी गर्न सङ्घको भूमिका सराहनीय रहेको बताउनुभयो ।
उहाँले संविधान निर्माण सँगसँगै आर्थिक समृद्विका लागि सहकारीले उचित भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी तथा गरिवीनिवारण मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठले सहकारीमा आइरहेको विकृतिलाई समयमै रोक्नुपर्ने धारणा राख्नु भयो ।
सङ्घका पूर्वअध्यक्ष दीपकप्रकाश वाँस्कोटाले सहकारी विकासका लागि सहकारी आन्दोलनवाट प्राप्त उपलब्धिलाई सँस्थागत गर्नुपर्नेमा जोड दिनुभयो

अभिलेख

लोकप्रिय