अर्थमन्त्री डा महत आज चीन जादै
काठमाडौं, २१ साउन । चीनका अर्थमन्त्री लाउ जिवेको निमन्त्रणामा अर्थमन्त्री डा रामशरण महत आज (बुधबार) औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गर्दै छन् ।
पछिल्लो समय नेपालको समग्र आर्थिक विकासको अगुवाई गरिरहेका नेपाली कांग्रेसका वरिष्ठ नेता तथा अर्थमन्त्री डा महतले नेपालको आर्थिक तथा सामाजिक विकासको अभियानमा चीन सरकारको थप सहयोग र सदभाव जुटाउने उद्देश्यले यो भ्रमण तय भएको हो । विगत लामो समयदेखि नेपालका अर्थमन्त्रीले चीनको भ्रमण नगरेको पृष्ठभूमिमा अर्थमन्त्री डा महतको यस भ्रमणलाई निकै महत्वका साथ हेरिएको छ ।
भारतसँग मात्र होइन पछिल्लो समय उत्तरतर्फको अर्को छिमेकीसँग पनि नेपालको व्यापारघाटा बढ्दै गएको छ । यो बढ्दो व्यापारघाटा घटाउने, नेपालको पूर्वाधारको क्षेत्रमा थप सहयोग जुटाउने, आर्थिक तथा सामाजिक विकासका लागि चीन सरकारको सहयोग जुटाउने, दुवै मुलुकका अन्य पारस्परिक हितका विषयहरुमा छलफल हुने कार्यक्रम रहेको छ । अर्थमन्त्री डा महतले चीन भ्रमणका क्रममा त्यहाँका वाणिज्यमन्त्री गाओ हुचेङसँग पनि भेटघाट तथा छलफल हुने कार्यक्रम रहेको छ । नेपालको चीनतर्फको निर्यात २ अर्ब ५३ करोड र आयात ६८ अर्ब ४५ करोड रहेको छ भने व्यापारघाटा ६५ अर्ब रहेको छ ।
यसैक्रममा यस क्षेत्रको पूर्वाधार क्षेत्रमा व्यापक लगानी गर्ने उद्देश्यका साथ चीनको अगुवाईमा स्थापना हुन लागेको एसियन इन्फ्रास्टक्चर इन्भेस्टमेन्ट बैंकको स्थापना हुन लागेको छ । नेपालले सो बैंकको संस्थापक सदस्य बन्ने निर्णय गरिसकेको छ । सहसचिव मधकुमार मरासिनीको नेतृत्वमा रहेको अर्थमन्त्रालयका अधिकारीहरुको एक टोलीले उक्त बैंकको चौथो बहुपक्षीय परामर्श वैठकमा पनि भाग लिने कार्यक्रम तय भएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
