१३ मंसिर २०८३, आईतवार

भारी मतान्तरसहित बचत संघ मकवानपुरको अध्यक्षमा फेरि कल्पना श्रेष्ठ निर्वाचित

२०८० मंसिर २३, शनिवार
भारी मतान्तरसहित बचत संघ मकवानपुरको अध्यक्षमा फेरि कल्पना श्रेष्ठ निर्वाचित

हेटौंडा : जिल्ला बचत तथा ऋण सहकारी संघको अध्यक्षमा पुनः कल्पना श्रेष्ठ निर्वाचित भएकी छिन् ।

शनिबार सम्पन्न संघको १८औं वार्षिक साधारण सभा तथा ७औं अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो । श्रेष्ठले ७९ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी राजु गौतमले ३९ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा मिनाकुमारी चौंरेले विजयी भएकी छिन् । चौंरेले ८२ मत प्राप्त गर्दा प्रतिद्धन्द्धी सितादेवी भेटवालले ३५ मत प्राप्त गरिन् ।

त्यस्तै सचिव पदमा विरेन्द्रप्रसाद ढुङ्गानाले ७५ प्राप्त गरी विजयी भए । ढुङ्गानाका प्रतिद्वन्द्वी हरिप्रसाद पौडेलले ४३ मत प्राप्त गरेका थिए । सहसचिव विजयबहादुर बस्नेत विजयी भएका छन् । बस्नेतले ६८ मत प्राप्त गर्दा चुडामणी रुपाखेतीले ४४ मत प्राप्त गरेका थिए । यसैगरी कोषाध्यक्ष पदमा विष्णुमाया लामा ८० मत प्राप्त गरी निर्वाचित भएकी छिन् । प्रतिद्वन्द्वी ध्रुवप्रसाद देवकोटाले ३८ मत प्राप्त गरेका थिए । त्यस्तै उत्तर पूर्वी क्षेत्र सदस्य पदमा शर्मिला महत र पूर्वी क्षेत्र सदस्यमा सिताराम दाहाल सर्वसम्मत चयन भएका छन् । उत्तरी क्षेत्र सदस्यमा फणिन्द्रनाथ सुवेदी विजयी भएका छन् ।

त्यस्तै पश्चिमी क्षेत्र सदस्य पदमा शंकर प्रसाद कालाखेती विजयी भएका छन् । यसैगरी खुला सदस्यमा हिमाल पौडेल, यशोदा पराजुली, जुना दंगाल, जानकी चौधरी विजयी भएकी छिन् । सदस्यमा रामकेदार बस्नेत १५ मत, योगनाथ दंगाल १३ मत, जानुका दवाडी ३४ मत, रामहरी तिमल्सिना ४५ मत, हरिमाया ढकाल अधिकारी ३० मत र मिनु अग्रवालले ३३ मत प्राप्त गरी पराजय भए ।

संघको लेखा समिति संयोजकमा मिठाराम दहालले ६७ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी श्रमिक लामाले ४३ मत प्राप्त गरे । यसैगरी लेखासमिति सदस्यमा कृष्ण विडारी ५१ मत रसचिता भट्टराई ७३ मत प्राप्त गरी विजयी भए भने सुशान्त तिमल्सिना ३५ मत र श्रीराम दहाल ४९ मत प्राप्त गरी पराजय भए ।

लेखा समिति संयोजक मिठ्ठाराम दाहाल निर्वाचित भएका छन् भने सदस्यहरुमा सचिता भट्टराई र श्रीराम दाहाल निर्वाचित भएका छन् ।

अभिलेख

लोकप्रिय