उन्नत जातको खसी उत्पादन–तीन महिनामा २२ केजी
मोरङ , १७ साउन । मोरङ जिल्लामा उन्नत जातको खसी बाख्राको उत्पादन तथा बिक्री वितरण सुरु भएको छ । जिल्लामा उन्नत जातको बाख्रा उत्पादन सुरु भएपछि भारतबाट आयात हुने बाख्राको कमी हुने विश्वास लिइएको छ ।
मोरङको दर्वेशा–१ मा बाख्रा उत्पादनका लागि सञ्चालन गरिएको ‘सावित्रा बाख्रा फार्म’ मा उन्नत जातका पाठापाठी उत्पादन, बिक्री वितरण तथा प्रजननको काम हुने गरेको छ ।
गत वर्ष असार महिनामा रु चार लाखको लागतमा सुरु गरेको बाख्राको कारोबारअन्तर्गत हाल त्यहाँ रु २० लाखको कारोबार भएको उक्त फार्मका सञ्चालक फणीन्द्र सुवेदीले बताउनुभयो ।
नेपाल सरकारको कुनै पनि आर्थिक सहयोग नभई सप्तकोसी डेभलपमेन्ट बैंकद्वारा प्राप्त ऋणबाट सुरु गरिएको सो फार्ममा उन्नत जातका जमुना पारी, विटल, तराई बङ्गालीलगायतका बाख्रा पाल्ने र उत्पादन गर्ने गरिएको छ । सञ्चालक सुवेदीको आफ्नै जग्गामा गरिएको सो कारोबारअन्तर्गत ९० भन्दा बढी खसीबोका र पाठापाठी रहेको छ । हाल त्यहाँ तीन महिनामा २२ किलोग्रामसम्मको खसी उत्पादन भइरहेको छ ।
त्यस फर्मका लागि सुवेदीले एक बिघा जमिनमा घाँस तथा विभिन्न जातका बिरुवासमेत लगाउनुभएको छ । उक्त फर्ममा विदेशबाट रोजगार गरी फर्केका एक युवकसहित चार जनाले रोजगारी पाएका छन् ।
पशु स्वास्थ्य उपचार केन्द्र रङ्गेलीका प्रमुख अनिल झाले यस किसिमको उद्योगी एवम् व्यावसायिक फर्म खुल्दै गएमा भारतबाट आयात हुने खसीबोकामा कमी हुने र राष्ट्रिय उत्पादनमा वृद्धि हुने बताउनुभयो ।
परम्परागत रुपमा उत्पादित खसीबोकाका कारण मासुको उत्पादन कमी भई मासुको मूल्य वृद्धि भएकाले व्यावसायिक रुपमा उन्नत जातको खसीको उत्पादन र बिक्री गर्नुपर्ने आवश्यकता रहेको रङ्गेलीका मासु व्यवसायी अहमद मियाँले भन्नुभयो ।
मोरङ जिल्लामा व्यावसायिक रुपमा बाख्रापालन गर्ने संस्था नगन्य रुपमा रहेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
