३१ असार २०८३, बुधबार

सहकारी आन्दोलनका ७० वर्ष

२०७० पुष ३, बुधबार
सहकारी आन्दोलनका ७० वर्ष

– देवीबहादुर बस्नेत

विषय प्रवेश
वैदिक सहकारिताका प्रणेता नेपालको प्यूठान जिल्लामा जन्मिका व्रह्माका मानसपुत्र नारद हुन भने सहकारिता सम्वन्धि लेखिएको विश्वको प्रथम कृति नारदस्मृति ग्रन्थ मानिदैं आएको छ भने वेलायतका रर्वट ओवेन, सन् १८४३ मा चार्टिष्ट हलमा जम्मा भएका २८ रचडेल अग्रदुतहरु र सन १८४४÷४५ मा जर्मन ऋृण संघका प्रवर्तक फ्रान्ज शुल्ज र एफ डव्लु राइफेजनहरुलाई आधुनिक सहकारीका अग्रदुतहरुमा मानिनुहुन्छ । जसरी नारद, रवर्ट ओवेन, फ्रान्ज शुल्ज र एफ डव्लु राइफेजन लगायतका अग्रज सहकारीकर्मीहरुले विश्व सहकारिताको विकासमा ठूलो योगदान पु¥याउनु भएको निर्विवाद नै छ ।

नेपालको आधुनिक सहकारी आन्दोलनको सुत्रधारको रुपमा नागरिकहरुको तर्फवाट वखानसिंह गुरुङ्गलाई ह्ृदयदेखि सम्झनु हामी सवैको साझा कर्तव्य हो । तनहुँ जिल्लाको पुलिमराङ्गमा जन्मी चितवन कर्मस्थल वनाउने नेपालको आधुनिक सहकारीका प्रणेता तथा सहकारी जगतका अग्रज स्व वखानसिंहलाई सहकारीकर्मीहरुले सम्मान गर्ने र उहाँको पद अनुशरण गर्नुपर्ने वेला आइसकेको छ । अन्तराष्ट्रिय सहकारी वर्ष सन् २०१२ को सन्दर्भमा निजको जन्म भूमि पुलिमराङ्गमा निजको सालिक र नजिकको गाविस मिर्लुङ्गमा नमुना सहकारी विकासग्राम निर्माण गरेर आन्तरिक तथा वाह्य पर्यटन अभिवृद्धि गर्ने कार्यमा सम्पूर्ण सहकारीकर्मीहरुले तन, मन र धनवाट पूर्ण सहयोग गर्नु पर्ने भावना जागृत भएको छ ।

सहकारी आन्दोलनको ७० वर्ष
वि. सं २०१० तथा सन १९५५ मा सहकारी विभाग दर्ता भए पश्चात नै नेपालको सहकारी आन्दोलनले मूर्त रुप प्राप्त गरेको भन्दा अत्युक्ति नहोला । तथापि यस भन्दा पूर्व पनि सहकारी सम्वन्धि अभ्यास भएको नेपालको सहकारी आन्दोलनको इतिहाँसले वताउंछ । सहकारी विभाग स्थापना पूर्व भएका अभ्यास, सो पश्चात सहकारी ऐन २०१६ जारी हुंदा सम्म भए गरेका कार्य, २०१६ पश्चात तथा सहकारी ऐन २०४८ आउन पूर्व भएका गतिविधि र सहकारी ऐन २०४८ लागु भए देखी वर्तमान सम्म भए गरेका कार्यप्रगतिहरु वुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छु ।

क) सहकारी विभाग दर्ता हुनु पूर्व भएका सहकारी गतिविधिहरु

१, वि.सं २००० वैसाख १० गतका दिन मेजर जनरल विजयले प्रो भिम वहादुर पाण्डेलाइ सहकारी गठन कहाँ कहाँ हुन सक्छ भनी सर्भेक्षण गर्न लिखित आदेश दिएको ।
२, वि.सं २००० भाद्रमा काभ्रेको वनेपामा स्थापना गरिएको सहयोगी संस्था ( ऋय(यउभचबतष्खभ कयअष्भतथ ) । संस्थाको नाम— लाएण्ड मोर्टगेज वैंक एण्ड को—अपरेटिभ सोसाइटी (भूवन्धकी वंकर सहकारी सहयोगी निकाय) गठन र २००५ चैत्र १ गते विघटन ।

ख) सहकारी विभाग दर्ता पश्चात २०१६ सम्म भएका सहकारी गतिविधिहरु

१) वि.सं २००७ चैत्र २९ गते जारी अन्तरिम शाशनविधानको पांचौं संशोधनमा सहकारी समिति उल्लेख ।
२, राप्ती विकास पाइलट प्रोजेक्ट परियोजना अन्तरगत १९५६मा ऋृण सहकारी समिति गठन । ( सन १९५६ भन्नाले वि.सं २०१२पौष १७ देखी२०१३ पौष १७ गते सम्म )
३) २०१३ पौष १७ देखी २०१३ चैत्र १९ सम्म सहकारी संस्था गठनको ग्रेस पिरियड ।
४) नेपाल सहकारी समिति ऐन २०११ वि.सं. २०११को विधेयक सल्लाहाकार सभामा वि.सं २०११÷०३÷०६ गते पेश र उक्त विधेयक पूर्ण अंश २०११।४।११को नेपाल गजेटमा प्रकाशन ।
५) २०१३ सालमा नेपाल सरकार द्वारा कार्यकारिणी आदेश जारी (सहकारी संस्था गठनको कानुनी मान्यता) ।
६) २०१३ चैत्र २० गते वखान ऋृण सहकारी संस्था ( समिति) गठन ।
(क¬) शेयर पुंजि : ६००।— ( प्रति शेयर चुक्त मूल्य रु १०।—)
(ख) सदस्य संख्या : ६० ( तर नामावलीसूचिमा ६२ जना देखिएको ।
(ग) संस्थाको कार्य क्षेत्र : वखानपुर ( हाल— शारदानगर) गा.वि.स. चितवन
(घ) दायित्व : असिमित
(ङ) संस्था दर्ता गर्दाको प्रथम सभापतिः सु. श्री खड्ग वहादुर गुरुङ्ग
,, सेक्रेटरीः सु श्री मिसा गुरुङ्ग
,, सेक्रेटरीः जमदार श्री मेगराज गुरुङ्ग
,, कोषाध्यक्षः श्री मोहनसिंह गुरुङ्ग
,, सदस्यः मु .श्री तेजवीर गुरुङ्ग
,, सदस्यः श्री कृष्ण वहादुर गुरुङ्ग
च) संस्था दर्ता गर्ने अधिकृत ः श्री सर्वदेव वर्मा
छ) संस्थाका वर्तमान अध्यक्ष ः सुवेदार श्री होम वहादुर क्षत्री सम्पर्क नं ९८४५०—४६१५६
७) २०१५ सालमा जारी अन्तरिम शाशन विधानमा सहकारी संस्था नभनी सहकारी समितिहरु उल्लेख भएको ।
ग) सहकारी ऐन २०१६ जारी पश्चात वि.सं २०४८ सम्म भएका सहकारी गतिविधिहरु
१) वि.सं २०१६ सालमा सहकारी ऐन २०१६ जारी ।
२) वि.सं २०१९ मा सहकारी प्रशिक्षण केन्द्र, सहकारी खरिद विक्री तथा ऋण संघ स्थापना, सहकारी वैंक ऐन जारी, सहकारी हुलाक नियमावली २०१९ जारी ।
३) साझा स्वास्थ्य सेवा, साझा प्रकासन, साझा यातायात, साझा भण्डार स्थापना ।,
४) वि.सं.२०२० मा सहकारी वैंक स्थापना र २०२४ सालमा कृषि विकास वैंकमा परिणत ।
५) वि.सं.२०१८, २०२७ मा सहकारी ऐन संशौधन । २०४१ सालमा सहकारी शव्द हटाइ साझा संस्था ऐन २०४१ जारी ।
६) वि.सं २०२८चैत्र १७ गतेका दिन आंवु, वन्दिपुर देउराली, छिम्केश्वरी गा. वि.स. तनहुं र देउराली, धुंवाकोट, च्याङली गा. वि.स गोरखा कार्यक्षेत्र राखी तनहुंमा पहिलो अकला सहकारी संस्था गठन ।
घ) सहकारी ऐन २०४८ जारी पश्चात हाल सम्म भएका सहकारी गतिविधिहरु
१) वि.सं २०४७ मा राधा कृष्ण मैनालीको संयोजकत्वमा राष्ट्र्यि सहकारी महासंघ परामर्श समिति गठन र सो समितिले २०४७ कार्तिक ३० प्रतिवेदन नेपाल सरकारमा प्रस्तुत ।
२) सहकारी ऐन २०४८ र सहकारी नियमावली २०४९ जारी । राष्ट्रिय सहकारी विकास वोर्ड ऐन २०४९ जारी
३) वि. सं २०५०मा राष्ट्र्यि सहकारी संघ, केन्द्रीय दुग्ध संघ, केन्द्रीय वचत तथा ऋण सहकारी संघको स्थापना ।
४) वि.स. २०५४ मा नेपालले अन्तराष्ट्रियसहकारी एलायन्सको सदस्यता प्राप्त ।
५) वि. सं २०५७मा सहकारी ऐन प्रथम संशोधन । २०५७ असोज३० गते सहकारी दीर्घकालिन ध्येय कार्यदल गठन ।
६) वि.सं २०६१ श्रावण २१ मा सहकारी वैंक पुन स्थापना । कृषि मन्त्रि होमनाथ दाहालको संयोजकत्वमा २०६१ भाद१० गते सात सदस्यीय सहकारी क्षेत्र सुधार सुझाव आयोग गठन ।
७) वि. सं २०६३ मा कफि उत्पादक केन्द्रीय सहकारी संघ गठन
८) वि. सं २०६४मा ताजाफलफूल तथा तरकारी केन्द्रीय सहकारी सघ, मौरीपालक केन्द्रीय सहकारी संघ, केन्द्रीय कृषि सहकारी संघ गठन ।
६) वि.सं २०६८मा सहकारी मापदण्ड जारी
७) २०६९मा सहकारी मन्त्रालय गठन

प्राकृतिक प्रकोपको वर्ष वि. सं. २०११ साल

कहिलेकांही प्रकृतिको निर्मम प्रहारले मानिसहरुको घरवार तहस नहस बनाउने गर्दछ । प्राकृतिक विपतीले पिडित व्यक्तिहरुको घरपरिवार र वाल वच्चाको विचल्ली हुन्छ । रगत र पसिनाले बनाएको जग्गा जमिन वाढी पैह्रोले लगेपछि सुरक्षित वासस्थान र गांसको खोजिमा मानिसहरु चारैतिर भौंतारिंदै हिंड्नुपर्ने अवस्था आउंछ । वि.सं २०११ सालमा तनहुँ, लमजुङ्ग, गोरखा, मनाङ्ग र मध्य पहाडी भूभागमा आएको भिषण वर्षा र वाढी पहिरोवाट उत्पन्न भएको प्राकृतिक प्रकोपले यहांका वासिन्दाहरुले वर्ष भरी दुखगरी कमाएको अन्नपात र जग्गाजमिन पैह्रोले वगाए पछि केही मानिसहरु सुरक्षित वासस्थानको लागि वाढी पैह्रो भन्दा औल नै वेस भन्दै चितवनका जंगल फडानी गरी घरजम गरी गांस वास लगायत सवै व्यवस्था गर्ने आंट पलायो । यसै समयमा वाढी पिडित जनताहरुलाइ राहत प्रदान गर्न नेपाल सरकारले अमेरिकी सरकारको सहयोगमा राप्ती दुन (वहुमुखी पाइलट प्रोजेक्ट ) विकास आयोजना पनि गठन गरेको थियो । आपत विपतमा मानिसले कामको विकल्प खोज्ने र नयाँ कामको सुरुवात गर्ने गर्दछ । त्यही नयां काम आज आएर सवैका लागि इतिहांस वन्न पुगेको छ । यसरी तनहुं जन्म घर भै चितवनलाइ कर्म भूमि वनाउने सवै भन्दा जागरुक व्यक्तित्व वखानसिंह गुरुङ्ग हुनहुन्थ््यो । कम पुजिंवाल कृषक, व्यापारी, मजदुर लगायत सवै प्रकारका नागरिकहरुमा छरिएर रहेको पुंजिलाइ एकत्रित गर्ने र उनीहरुवाट नियमित वचत गर्न लगाएमा आफ्ना खनखांचोको कुरा आफै पुरा गर्न सकिन्छ भन्ने विचारको नेतृत्व नागरिकहरुको तर्फवाट सर्वप्रथम प्रजातन्त्रका सेनानी श्री वखानसिंह गुरुङ्गले गर्नु भएको थियो । यस सहकारी अभियानलाइ सफल पार्न उहांले सर्वप्रथम सु श्री खड्ग वहादुर गुरुङ्गको सभापतित्वमा श्री वखानपुर ऋण सहकारी समिति गठन गर्नु भएको थियो । यसै संस्था मार्फत वाढीपैह्रो द्वारा पिडितहरुलाई सुरक्षित वसोवासको व्यवस्था र सुलभ तरिकाले कृषि ऋण उपलव्ध गराई जनताहरुको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनस्तर समृद्धि गर्न थप टेवा प्रदान गरेको थियो ।

नेपालको सहकारी आन्दोलनका शिर्षपुरुष वखान सिंह गुरुङ्गको संक्षिप्त परिचय ,
क) जन्म मिति : वि .सं .१९५६।०१।०५। देहान्त मिति २०४०।१०।१५
ख)जन्म भूमि : गण्डकी अञ्चल तनहुं जिल्ला रिस्ती गा.वि.स. वडा नं पुलिमराङ्ग तनहुं ।
ग) कर्मभूमिः शारदा नगर (वखानपुर) गा.वि.स चितवन ।
घ) २०१३ साल चैत्र २० गतेका दिन स्थापित प्रथम ऋृण सहकारी संस्थाका दर्ता समयका सहकारी अगुवा ।
ङ ) राजनैतिक पृष्ठभूमिः नेपाली काङ्ग्रेस
च) राजनैतिक उच्चपदः वि.सं. २०३९मा नेपाल सरकारका कानुन तथा भूमि सुधार मन्त्रि ।

छ) सहादत प्राप्त पुत्ररत्नहरुः—
१) धर्मध्वज गुरुङ्गः जहानिय राणाशाशनको विरुद्य वि.सं.२००७ सालमा भएको प्रजातान्त्रिक आन्दोलनमा वीरगति पाप्त ।
२) लालध्वज गुरुङ्गः राजा महेन्द्रले २०१७ सालमा वहुदलिय शाशन व्यवस्था खारेज गरी राजाको प्रत्यक्ष शाशन व्यस्थाको विरुद्य क्रान्ति गर्ने वीरयोद्धाको वि.सं. २०१८ ंसालमा तनहुंको कोत्रेमा वीरगती प्राप्त ।

ज) परिवारका महत्वपूर्ण सम्पर्क व्यक्तित्व
१) चितवान शारदानगर वस्ने वखान सिंहका नाती चन्द्रध्वज गुरुङ्ग सम्पर्क फोननं.९८१९२—८७८२१
२) सहिद स्मारक मुलिमराङ्गका अध्यक्ष श्री टेक वहादुर गुरुङ्ग सम्पर्क फोननं.९८४६३—७१३४५
३) वखानपुर सहकारी संस्थाका संचालक सदस्य श्री नर वहादुर गुरुङ्ग सम्पर्क नं.९८५५०—५६३०२

प्रेरक व्यक्तित्व
पदार्थहरुको उदभव अभिवर्धन ,परिवर्तन गराउने शक्ति नै विद्युत (अग्नि) शक्ति हो जस्लाइ अपरा प्रकृति भनिन्छ । यसै गरी वुद्धि ,विवेक, इच्छा शक्ति र ज्ञान भावना जागृत गराउने शक्तिः पराप्रकृति हो जस्लाइ प्राणीहरुले अनुभूत गर्न सक्छन । सरकारी र निजी व्यवशाय तर्फ मात्र उन्मुख नेपालको अर्थतन्त्रमा सहकारीको नयां प्रयोग गराउने वखान शिंह परा÷अपरा दुवै प्रकृतिका शक्तिको संयोग हुनुहुन्छ भन्न सकिन्छ । समस्या अभाव तथा संकटहरुका वीचमा पनि विचलित नहुने र हुंदा नमातिने उहाको आफ्नै विशिष्टपन हो । समुदायको सवै तह र तप्काका सहयात्रीहरुलाइ धैर्य पूर्वक रहन आश्वास्त गर्दै आफै वीच छरिएर रहेका पुजि संकलन गरी समुदाय मार्फत वितिय सेव उपलव्ध गराइ सामाजिक तथा आर्थिक जीवन स्तर समृद्ध गर्न उत्सुकरहने अदम्य साहसी र विवेकी पुरुष वखान शिंह गुरुङ्ग हाम्रो ह्ृदयमा सदैव स्थापित रहुन भन्ने कामना गरौ ।

अन्तराष्ट्रिय सहकारी वर्ष सन २०१२ र शालिक निर्माण

विश्वका प्राय व्यक्तिमा सहकारीताको भावना तथा सहकारी संस्थाहरुको स्थापना वढदै गए पछि अन्तराष्ट्रिय स्तरको सहकारी संघ गठन गर्न वाञ्छनीय भएकोले वेलायतको म्यानचेष्टरमा सन १८९५ अगष्ट १९ तारिखका दिन अन्तराष्ट्रिय सहकारी महासंघ गठन गरिएको थियो । सोही संगठनले सन २०१२ लाइ अन्तराष्ट्रिय सहकारी वर्ष घोषण गरी सकेको छ । यसै वर्षको सन्दर्भ पारेर नेपाल सहकारी आन्दोलनका अग्रज श्री वखान सिंह गुरुङ्गलाई राष्ट्रिय विभुतीको रुपमा घोषणा गर्न सरकार संङ्ग जोडदार माग गर्दै निजको जन्म भूमि तनहुंको पुलीमराङ्गमा पूर्ण कदको शालिक र मिर्लुङ्गमा नमुना सहकारी ग्राम निर्माण गरी तनहुंलाइ सहकारी पर्यटन क्षेत्र बनाउनका लागि तनहुं वचत तथा ऋृण सहकारी संघ, जिल्ला सहकारी संघ तनहुँ, तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ, उपभोक्ता सहकारी संघ तनहुँ, तनहुँ कृषि सहकारी संघ, तनहुँ कफि सहकारी संघ लगायत सम्पूर्ण प्रारम्भिक सहकारी संस्थाहरुले प्रण गर्नु पर्ने वेला आएको छ । नेपाल अधिराज्यभर रहेका सहकारी कर्मीहरु तथा सहकारी संस्थाहरुले यस महान कार्यमा आजैका मिति देखी जिम्मेवारी वहन गर्न हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा
गरीव, किसान, मजदुर, व्यापरी जनताहरु संङ्ग संकलित रकम वाट समुहका सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक उत्थानको लागि प्रगति पथमा डोराउने ऐतिहसिक व्यक्तित्व वखान सिंह गुरुङ्गको स्मृतिमा निजको शालिक र नमुना सहकारी ग्राम वनाउनु हामी सवैको साझा कर्तव्य हुन आएको छ । सो अभियानलाइ सफल वनाउनाई सित उभाएर घैला भर्नु पर्दछ । राम्रा कामको सुरुवात पहिला आफै वाट आजै वाट सुरुवात गरौं भन्ने मन्साय मात्र हो ।

अन्त्यमा राम्रो कामलाइ सफलतामा पु—याउन तनहुँ वचत तथा ऋण सहकारी संघको राष्ट्र्यि सहकारी वैंक तनहुँ शाखामा रहेको खाता नं. १४०००१८६, नेपाल वचत तथा ऋृण सहकारी संघ लि फिल्ड कार्यालय डुमे्रमा रहेको खाता नं.०५२८–यए , युनिभर्सल विजनेश डेभलपमेण्ट वैकमा रहेको खाता नं००३००३०८ऋद्द , ने.वै. लि दमौली शाखा तनहूं मा रहेको व.खाता नं .१५१६७÷७६१३४ जम्मा गरी यस अभियानलाई सफल वनाइ दिनुहुन सम्पूर्ण सहकारी कर्मीहरु र सहकारी संघ संस्था र सवैमा हार्दिक अपिल गर्दछौं ।

(लेखक तनहुँ बचत तथा ऋण सहकारी संघका अध्यक्ष हुन्)

अभिलेख

लोकप्रिय