२० कात्तिक २०८३, शुक्रबार

सहकारी संघ/संस्थामा सुशासन कायम गर्न जोड

२०७१ साउन १६, शुक्रबार
सहकारी संघ/संस्थामा सुशासन कायम गर्न जोड

सिमरा, १६ साउन । बारा जिल्ला बचत तथा ऋण सहकारी संघले जिल्लाभरका सहकारी संघ संस्थाहरुलाई सहकारी सुशासन कायम गर्न आग्रह गरेको छ ।

आज संघको कार्यालय सिमरामा बसेको वैठकले आर्थिक वर्ष समाप्त भएकोले सबै सहकारीहरुलाई वार्षिक हिसाव खातावन्दी गरी तत्काल वार्षिक लेखापरीक्षण गर्न र असोज मसान्तभित्र सबै सदस्यहरुलाई सहभागी गराई वार्षिक साधारणसभा आयोजना गर्न सबै बचत तथा ऋण सहकारीहरुलाई आग्रह गरेको छ ।

संघका अध्यक्ष भोला गौतमको अध्यक्षतामा सम्पन्न वैठकमा संघका निवर्तमान अध्यक्ष एवम् नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कून) का सञ्चालक कृष्ण पौडेल, संघका सल्लाहकारहरु मुकुन्दबहादुर क्षेत्री र अम्विका चौलागाईलगायतको उपस्थिति रहेको थियो ।

संघले नियमित बचत प्रक्रिया, सहकारीहरुको क्षमता अभिवृद्धि र अनुगमनको प्रक्रियालाई प्रभावकारी बनाउनेसमेत निर्णय गरेको छ । संघले आगामी भाद्र १७ गते पांचौ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णयसमेत गरेको छ ।

अभिलेख

लोकप्रिय