२० कात्तिक २०८३, शुक्रबार

छवटा सहकारीलाई अनुदानमा चिलिङ भ्याट वितरण

२०७१ साउन १५, बिहिबार
छवटा सहकारीलाई अनुदानमा चिलिङ भ्याट वितरण

इलाम, १५ साउन । जिल्ला पशु सेवा कार्यालय इलामले जिल्लाका छवटा सहकारी संस्थालाई दूध चिस्याउने चिलिङ भ्याट वितरण गरेको छ । कार्यालयले आव २०७०÷०७१ मा दुई हजार, एक हजार र ५०० लिटर क्षमताका चिलिङ भ्याट संस्थालाई वितरण गरेको हो ।
कार्यालयले पानीटार कृषि सहकारी संस्था साङरुम्वालाई दुई हजार लिटर क्षमताका, पशुपतिनगर–९ स्थित लक्की डेरी, साँखेजुङस्थित कञ्चनजङ्घा चिज उद्योग, इलाम नगरपालिकास्थित महत कृषि तथा पशुपालन व्यवसायलाई एक÷एक हजार लिटर क्षमताका तीन वटा र सूर्याेदय नगरपालिकाअन्तर्गत पञ्चकन्याको आचार्य पशुपालन कृषि तथा डेरी फार्म र चुलाचुलीस्थित अन्नपूर्ण कृषि तथा सहकारी संस्थालाई ५०० लिटर क्षमताका दुईवटा चिलिङ भ्याट वितरण गरेको छ ।
कार्यालयले चिलिङ भ्याट खरिदमा दुई हजार लिटर क्षमताको रु तीन लाख ५० हजार, एक हजार लिटरकोमा रु दुई लाख र ५०० लिटरकोमा रु एक लाख  अनुदान दिएको कार्यालयका पशु विकास अधिकृत ध्रुवकुमार यादवले बताए । चिलिङ भ्याट स्थापना भएपछि किसानलाई दूध सङ्कलनमा सहयोग पुगेको उनको भनाइ छ ।

अभिलेख

लोकप्रिय