२० कात्तिक २०८३, शुक्रबार

नुवाकोट र ललितपूरलाई साढे ८ करोड सहयोग

२०७१ साउन १४, बुधबार
नुवाकोट र ललितपूरलाई साढे ८ करोड सहयोग

नारायण पौडेल

काठमाडौं, १४ साउन

नुवाकोट स्थित श्री त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालय भवन निर्माण तथा र ललितपुर जिल्लाका सांस्कृतिक तथा ऐतिहासिक धरोहर जिर्णोद्धारको लागि भारतीय राजदूतावास, काठमाडौंले साढे आठ करोड सहयोग गर्ने भएको छ । मंगलबार दुई अलग–अलग सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ ।

सन् १९६२ मा मिडल स्कूलको रुपमा स्थापित तथा २००५ मा उच्च माविमा स्तरोन्नती गरिएको श्री त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालय नुवाकोट जिल्लाको विदूर नगरपालिकामा अवस्थित छ । विद्यालयमा हाल उपलव्ध पूर्वाधार जिर्ण हुनुको साथै सवै विद्यार्थीहरु अटाउन सकिएको छैन ।  भारत सरकारको ३.६३२ करोड अनुदान सहयोगमा निर्माण गरिने नयाँ भवनबाट विद्यालयमा अत्यावश्यक कक्षा कोठाहरु उपलब्ध भै करिव ५० प्रतिशत छात्रा सहित ११०० जना भन्दा धेरै विद्यार्थीलाई सहज शैक्षिक वातावरण सृजना हुनुको साथै जिल्लाको शिक्षा विकासमा समेत टेवा पुग्ने छ । यस परियोजना अतिरिक्त, भारतको ने.रु. २४ लाख सहयोगमा नुवाकोट आदर्श बहुमुखी क्याम्पस निर्माण गरिनुको साथै ने.रु. ८.६५ करोड लागतमा अन्य पाँच परियोजनाहरुको निर्माणकार्य जारी छ । यस अघि जिल्लामा भारतले ६ ओटा एम्वुलेन्ससमेत यस जिल्लालाई प्रदान गरिसकेको छ ।
त्यस्तै ललितपुर जिल्लाका सांस्कृतिक तथा ऐतिहासिक धरोहर कुल देवता आँगन घर, लुखुशी पाटी, श्रीबाच्छा महावीर आजु निवास, भिन्चया बहाल डिगी र नहवहाल टोल सुधार क्षेण जिर्णोद्धारको लागि समेत भारतले ने.रु. ३.६१६ करोड सहयोग प्रदान गर्ने सम्झौता भएको छ । ललितपुर जिल्लाका गंगा पोखरी, श्री महानयन बौद्ध समाज गुम्वा र सो को मन्दिर, कम्पाउण्ड र गेटको स्वरुप परिवर्तन गरी सांस्कृतिक तथा ऐतिहासिक धरोहर जिर्णोद्धारको लागि ने.रु. १.१४ करोड अनुदान सहयोग प्रदान गर्ने सम्झौतापत्रमा भारतीय राजदूतावास काठमाण्डौ र शहरी विकास तथा भवन निर्माण विभागबीच हालसालै हस्ताक्षर भइसकेको छ । यस परियोजना अतिरिक्त, ललितपुर जिल्लामा भारतको ने.रु. ८.५२ करोड लागतमा अन्य तीन परियोजनाहरु समेत पूरा भैसकेका छन् भने भारतको ने.रु. ५.२५ करोड लागतमा अन्य दुई परियोजनाहरु सुचारु छन्  ।
जिल्लामा भारतले  १० वटा एम्वुलेन्सहरु तथा ६ वटा स्कूल बससमेत प्रदान गरिसकेको छ । नुवाकोट जिल्लाको परियोजना जिल्ला विकास समिति, नुवाकोटद्वारा नेपाल सरकारको विद्यमान नीति नियम अनुसार कार्यान्वयन गरिनेछ भने ललितपुर जिल्लाका सांस्कृतिक तथा ऐतिहासिक धरोहर जिर्णोद्धारको लागि ललितपुर उपमहानगरपालिका कार्यालय, ललितपुर तथा ललितपुर बिकास समाजले कार्यान्वयन गर्ने जनाएको छ ।

अभिलेख

लोकप्रिय