छ वटा लघु जलविद्युत् आयोजना बन्द
बनेपा, १४ साउन । काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालनमा रहेका छवटा लघु जलविद्युत् आयोजना बन्द भएका छन् ।
जिल्लाको नयाँगाउँ देउपुर, कटुञ्जे, कुशादेवी र पोखरीचौरी गाविसमा रहेका लघु जलविद्युत् आयोजना बन्द भएको जिल्ला विकास समिति काभ्रेपलाञ्चोकको ऊर्जा, वातावरण तथा जलवायु परिवर्तन शाखाले जनाएको छ ।
बन्द भएकामध्ये अधिकांश गाविसमा विद्युत् प्रसारण लाइन पुगेको र अन्य केहीमा बाटोघाटोको अतिक्रमणका कारण लघु जलविद्युत् आयोजना बन्द भएको हो ।
नयाँगाउँ देउपुरमा रहेको चाखोला लघु जलविद्युत् आयोजना र कटुञ्जेमा रहेको रोशी खोला जलविद्युत् आयोजनामा विद्युतीकरणका लागि टर्वाइन चलाउन कोसिस गरिएको तर बाटोको अतिक्रमणका कारणले बन्द भएको सो शाखाका प्रमुख सञ्जीव लालले जानकारी दिए ।
उनका अनुसार बन्द भएका अन्य लघु जलविद्युत् आयोजनामा लेखापानी जलविद्युत् आयोजना खार्पाचोक, बौवाखोला जलविद्युत् आयोजना पोखरीचौरी, गुडगुडे जलविद्युत् आयोजना, कुशादेवी, पोटाखोला जलविद्युत् आयोजना कटुञ्जे रहेका छन् ।
सो शाखाले दिएको जानकारीअनुसार जिल्लामा कुल ६० वटा लघु जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् र त्यसबाट ८०९.१२ किलोवाट बिजुली उत्पादन गरी सात हजार ८६५ घरधुरी लाभान्वित भएका छन् ।काभ्रेपलाञ्चोक जिल्लाको कुल घरधुरीको अनुपातमा लघु जलविद्युत्बाट बिजुली उपभोग गर्ने घरधुरीको सङ्ख्या ९ प्रतिशत रहेको जिल्ला विकास समितिको ऊर्जा, वातावरण र जलवायु परिर्वतन शाखाले जनाएको छ ।
राष्ट्रिय जनगणना ०६८ ले यस जिल्लाको ८७.३ प्रतिशत घरधुरीले बिजुलीको प्रयोग गरेको देखाएको छ ।विद्युत्को राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली नपुगेको दुर्गम गाविसमा नेपाल सरकारको अनुदान, दातृ निकायको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीय श्रमदानमार्फत लघु जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन गरी व्यवस्थापन गरिँदै आएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
तिहारलाई सिर्जनात्मक बनाउँदै विकू, देउसीभैलो प्रतियोगिता आयोजना
२१ कार्तिक २०८३, शुक्रबार
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
