२० कात्तिक २०८३, शुक्रबार

तेह्र वर्षपछि वाणिज्य बैंक शाखा सिन्धुपाल्चोकमा

२०७१ साउन ११, आईतवार
तेह्र वर्षपछि वाणिज्य बैंक  शाखा सिन्धुपाल्चोकमा

माओवादीको सशस्त्र द्वन्द्वकालमा सुरक्षाका कारण देखाई २०५८ सालमा काभ्रेको धुलिखेल शाखामा गाभिएको सो बैंक हालै पुनःस्थापना भएको हो । पुनःस्थापित शाखा बयोवृद्ध समाजसेवी गेदबहादुर थापाले शुभारम्भ गर्नुभएको थियो ।
विसं २०३९ मा स्थापित सो शाखा सुरक्षाका कारण अन्यन्त्र लगिएपछि त्यस क्षेत्रका करिब दुई दर्जन गाविसका बासिन्दालाई बैंकिङ सुविधा लिन एकदिन लगाएर बाह्रबिसे तथा चौतारासम्म धाउनुपर्ने बाध्यता थियो ।
विसं २०५८ मा लामोसाँघुस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखा पनि धुलिखेल शाखामा गाभिएकामा हालसम्म पुनःस्थापना हुन सकेको छैन ।

चौतारा, ११ साउन । सिन्धुपाल्चोकको मध्य क्षेत्रमा पर्ने जलबिरेमा १३ वर्षपछि राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनःस्थापना भएको छ ।

अभिलेख

लोकप्रिय