भारतमा मेगा बैंकको शाखा विस्तार गर्न माग
गत वर्ष बैंकले आफ्ना प्रवद्र्धक र सेयर धनीलाई पहिलोपटक नौ प्रतिशत नगद लाभांश बाँड्न सफल भएको बताउँदै उहाँले छोटो समयमा अन्य बैंकभन्दा बढी लाभांश बाँड्न सक्नु बैंकको उपलब्धि भएको दाबी गर्नुभयो । अध्यक्ष दाहालले बैंक तथा वित्तीय संस्थासँग गाभिन र एक्विजेसनमा जान पनि बैंक तयार रहेको बताउनुभयो ।

बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले चालु आर्थिक वर्षमा ग्राहकको मागबमोजिम भिसा कार्ड ल्याउने बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षसम्ममा मेगा बैंकले रु १७ अर्ब १५ करोड बराबर निक्षेप सङ्कलन गरेको छ भने रु १४ अर्ब ८७ करोड बराबरको कर्जा प्रवाह गर्न सफल भएको छ । त्यसैगरी बैंकको ग्राहक सङ्ख्या करिब एक लाख ३० हजार पुगेको छ ।
देशभर २८ वटा शाखा रहेको मेगा बैंकका ३१ वटा एटिएम सञ्जाल छन् । देशका ४७ वटा स्थानबाट अत्याधुनिक शाखारहित बैंकिङ सेवा प्रदान गरिरहेको बैंकले एक हजार १५० स्थानमा मेगा रेमिटको सञ्जाल विस्तार गरेको छ ।
वार्षिकोत्सवका अवसरमा आजै बैंकले अनाथ तथा असaहाय बालबालिका आश्रित काठमाडौँको धापासीस्थित पवित्र समाज सेवा नेपाललाई रु ९९ हजार ९९९ नगद सहयोग प्रदान गरेको छ । उक्त संस्थामा ३२ जना असहाय बालबालिका, महिला तथा वृद्धा आश्रित रहेको जनाइएको छ ।
काठमाडौँ, ७ साउन । मेगा बैंकका अध्यक्ष प्रा डा मदन दाहालले भारतका विभिन्न सहरमा बैंकको शाखा खोल्न माग आएको बताउनुभएको छ । बैंकको चौथो वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलमा उहाँले भारतको सिक्किम, दार्जिलिङ र देहरादुनबाट बैंकको शाखा खोल्न माग आएको जानकारी दिनुभयो ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
