२० कात्तिक २०८३, शुक्रबार

सहकारीमा आधारित बजेट ल्याउन आवश्यकः खाण

२०७१ साउन ६, मङ्गलबार
सहकारीमा आधारित बजेट ल्याउन आवश्यकः  खाण

काठमाडैा, ६ साउन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एंव पूर्व मन्त्री बालकृष्ण खाणले  नेपालमा पैसाको कमी नभएको तर सदुपयोग हुन नसकेको बताएका छन् । नेपाल कोअपरेटिभ एलाइन्स र विपी चिन्तन प्रतिस्थापनको संयुक्त  आयोजनामा ‘सहकारी र विपी कोइरालाको दृष्टिकोण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै खाणले सहकारीलाई तीन खम्बे अर्थनीतिबाट अलग्याएर सहकारीमा आधारित बजेट ल्याउन आवश्यक भएको  बताए । ‘सहकारीबिन देशको अर्थतन्त्र सुधार हुन सक्दैन्, सहकारीमार्फत उत्पादन बढाउन सक्नु नै अहिलेको अपरिहार्य आवश्यकता हो’ उनले भने ।
कांग्रेसको कृषि तथा सहकारी विभागको प्रमुख समेत रहेका खाणले सहकारीबिना देशको अर्थतन्त्र सुधार हुन नसक्ने बताए । अर्थमन्त्री डा रामशरण महतप्रति लक्षित गर्र्दै खाणले  विश्व बैंक र आइएनएफको एजेन्ट बनेर बजेट ल्याउँदा देशको अर्थतन्त्र उभोँ नलाग्ने ठोकुवा गरे।देशको अर्थतन्त्र सहकारीबेस बनाएर उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न जरुरी छ’ उनले भने । खुल्लामुखी अर्थतन्त्रमा व्यापारीको मनोपोलिसी बढेकोले त्यसले न्याय नगर्ने बताए।
सहकारी क्षेत्रले चर्को व्याज लिने गरेको र उत्पादनशील क्षेत्रमा लगानी गर्न आनाकानी गरेको उनको भनाई छ । सहकारीले बित्तीय क्षेत्रमा मात्र सक्रिय भएको र यसले अर्थतन्त्र उभो लाग्न नसक्ने उनको भनाई थियो । दुई वर्षअघि पार्टीमा सहकारीको जिम्मेवारी पाएपनि नस्वीकारीसकेको बताउँदै खाणले भने–कम्युनमा सहकारीमाथिको वर्चस्व हुदैँन, तर हाम्रो देशमा सहकारी कम्युनिस्टको कब्जामा छ ।’
अमेरिका र युरोपको मोडेलले नेपालको अर्थतन्त्र विकास नसकने भन्दै खाणले भन्नुभयो–हिन्दुस्तान र चीनसँग मिलेर देशको विकास गर्नुको विकल्प छैन्’ उनले भने । ब्यापार घाटा कम गर्न सहकारीमार्फत उत्पादन बढाउनुको विकल्प नभएको उनको भनाई थियो ।
डेमोक्रेसी र कोअपरेटिभ एक सिक्काको दुई पाटा भएपनि कांग्रेसले सहकारीलाई आत्मसात गर्न नसकेको बताउनुभयो । ‘नेपालमा सहकारीको शुरुवात विपीको चिन्तनबाट भएपनि कांग्रेसका नेताहरुले सहकारीलाई आत्मसात गर्न नसकेको उहाँको भनाई थियो ।
कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरिञ्जीवि नेपालले सहकारीको शुरुवात प्रजातान्त्रिक मुलुकबाट भएपनि नेपालमा सहकारी गलत व्यक्तिको हातमा पुगेको बताए । सहकारी निजी क्षेत्रको उद्यमशीलता सिकाउने आधारशिला भएपनि  नेपालमा कम्युनिस्टहरुको हातमा सहकारी गएकाले सहकारीमा समस्या बढेको बताए । सामुहिकरुपमा ठगी हुने क्रम निन्दनीय हो, सहकारी सिद्वान्त राम्रो भएपनि सहकारीको विकास हुन नसकेको उनको भनाई थियो ।
अर्थविद् टिका पौडेलले नेपालमा सोचे अनुरुपको काम सहकारीबाट हुन  नसकेको बताए । ‘सहकारीको विकल्प छैन् तर नेपालको सहकारी आन्दोलत सही ढंगले अघि बढ्न सकेको छैन्’ भने। सहकारी व्यवस्थापनका लागि सही नीति नियम र भूमिका चाहिने उनको भनाई छ । ‘सहकारी हाँक्ने म्याकेनिजम पनि छैन्, नीति नियम पनि राम्रा छैनन्’ उनले भने ।
नेपाल कोअपरेटिभ एलाईन्स राष्ट्रिय समितिका अध्यक्ष दिपकप्रकाश बास्कोटाले राज्यले ऋण तथा अनुदान दिदैं सहकारी अगाडि बढ्न नसक्ने बताए ।

कम्युनिस्टहरुका कारण सहकारी समस्यामाःनेपाल

अभिलेख

लोकप्रिय