लघु–वित्त सङ्घद्वारा मौद्रिक नीतिको स्वागत
काठमाडौँ, ४ साउन । लघु–वित्त सङ्घ, नेपालले नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति समग्रमा देशको आर्थिक एवम् वित्तीय आवश्यकता अनुरुप भएको भन्दै यसको स्वागत गरेको छ । लघु–वित्त क्षेत्रको सुधारका लागि आफना महत्वपूर्ण मागहरु सम्बोधन भएको सङ्घका सचिव सुधीरप्रसाद लोहनीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसै क्रममा राष्ट्र बैंकबाट इजाजत प्राप्त लघुवित्त गैरसरकारी संस्थाको लघुवित्त बैंकमा रुपान्तरणका लागि कम्पनी ऐन २०६४ बमोजिमको मुनाफा वितरण नगर्ने पब्लिक कम्पनीमा परिणत हुन पाउने व्यवस्था गर्न अर्को मौद्रिक नीति वा प्रस्तुत मौद्रिक नीतिको छमहिने समीक्षा कुर्नुपर्ने आवश्यकता नरहेकाले सो सम्बन्धमा यथाशीघ्र एक परिपत्र जारी गराउन सङघले माग गरेको छ ।
प्रत्येक वर्ष मौद्रिक नीतिमा उल्लेख हुँदै आई कार्यान्वयन हुन नसकेको लामो समय देखिको प्रस्तावित लघुवित्त प्राधिकरण ऐनका बारेमा यसपल्टको मौद्रिक नीतिमा केही उल्लेख नभए तापनि व्यवस्थापिका–संसद्बाट सो ऐन पारित भई लागू हुने कुरामा सङघ आश्वस्त रहेको उल्लेख गरिएको छ ।
सो ऐनले देशमा लघुवित्त सेवाको विकासमा ठूलो योगदान दिई विपन्न महिलाको सामाजिक सशक्तीकरण तथा आर्थिक उत्थानमा महत्वपूर्ण योगदान पुग्नेमा सङघले धारणा राखेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
