क्यासिनो छिट्टै सञ्चालनमा आउछ –अर्थमन्त्री महत
काठमाडौँ, ३ साउन । अर्थमन्त्री डा रामशरण महतले अवरुद्ध क्यासिनो तत्काल सञ्चालनमा आउने बताएका छन् ।
युएनआईको चौथो सम्मेलनको आज राजधानीमा उद्घाटन गर्दै मन्त्री महतले कर्मचारीको रोजीरोटी जोगाउन सरकार क्यासिनो व्यवसायीसँग छिट्टै वार्ता गरी टुङ्गोमा पुग्ने जानकारी दिए।
युएनआई श्रमिकहरूको सबैभन्दा ठूलो संस्था हो । हाल विश्वका १५० राष्ट्रका ९०० टे«ड युनियन यस संस्थामा आबद्ध छन् । गत वर्षदेखि क्यासिनो सञ्चालकहरूले पुरानो (कर) बक्यौता र उचित कर नतिरेको भन्दै सरकारले क्यासिनो बन्द गरेको छ ।
सरकारले क्यासिनो सञ्चालकहरूसँग करोडौँ रुपैयाँ (पुरानो कर) असुल गर्न बाँकी छ । उक्त कर १० भन्दा बढी होटल व्यवसायीहरूसँग बाँकी रहन गएको हो । होटल व्यवसायीले क्यासिनो सञ्चालन गरेबापत कर बढी भएको भन्दै कर छुट हुनुपर्ने बताउँदै आएका छन् ।
करिब एक वर्षसम्म क्यासिनो सञ्चालन नभएका कारण १० हजारभन्दा बढी होटल मजदुरको काम प्रत्यक्ष रूपमा खोसिएको थियो । पछिल्लोपटक अर्थमन्त्री महतले होटल व्यवसायीसँग वार्ता गरेर भए पनि क्यासिनो सञ्चालन गर्ने अडान लिएको सुनेपछि माजोङ क्यासिनोमा कार्यरत माधव खनालले उत्साह व्यक्त गर्नुभएको छ ।
अर्थमन्त्री महतले मजदुरहरूलाई आफ्नो क्षमताको विकास गर्न सोही कार्यक्रममा आग्रह गर्नुभयो । उहाँले उत्पादनबिना मुलुकको विकास हुन नसक्ने बताउँदै अधिकार माग्दा मजदुरहरूमा कर्तव्यको समेत बोध हुनुपर्ने उल्लेख गरे ।
मन्त्री महतले जनताबाट निर्वाचित सरकारले जनताको अधिकारलाई कुल्चिएर अगाडि बढ्न नसक्ने बताउँदै अस्थिर सरकारका कारण सामाजिक सुरक्षा ऐन निर्माणमा समेत केही ढिलाइ भएको सङ्केत गरे।
द कम्युनिकेसन इन्टरनेसनल (सिआई), द इन्टरनेसनल ग्राफिक फेडरेसन (जिआइएफ) र मिडिया एन्ड इन्टरटेनमेन्ट (एमइआई) मिलेर सन् २००२ को जनवरी १ मा युएनआई स्थापना भएको हो । युएनआईको प्रधान कार्यालय स्वीजरल्यान्डको नियोनमा छ ।
नेपालमा युएनआईले औद्योगिक शान्ति र सामाजिक संवादमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको छ ।
नेपालमा सन् २००२ डिसेम्बर १७ देखि क्रमशः १७ वटा टे«ड युनियन युएनआईमा आबद्ध भइसकेका छन् । नेपालका करिब एक लाख श्रमिक विभिन्न १७ वटा टे«ड युनियनमा आबद्ध रहेको बताइन्छ ।
सम्मेलनमा विशेष अतिथि युएनआई एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय सचिव क्रिष्टोफर इङ्गले मजदुरको एकताबाट मात्र दिगो आर्थिक विकास हासिल हुन सक्ने बताए । त्यसैगरी युएनआई नेपालका अध्यक्ष लेखप्रसाद बुर्लाकोटी, महासचिव शङ्कर लामिछाने, बङ्गलादेशका सचिव मोस्तफा कमाल, भारतका अध्यक्ष मिलिन्द नाडकरनी, सार्क क्षेत्रीय टे«ड युनियन काउन्सिलका महासचिव लक्ष्मण बस्नेत र नेपाल उद्योग वाणिज्य महासङ्घका निर्देशक हंशराज पाण्डेलगायतले मजदुर वर्गको रोजगारीमा सुरक्षा र महिलाहरूको रोजगारीमा पहुँच स्थापित गर्नुपर्नेमा जोड दिए ।
सम्मेलन वातावरणीय असरको न्यूनीकरण, अन्तरक्षेत्रीय सहयोग, श्रमिक कोष, सञ्चय कोष, उत्पादन र पेन्सनको उचित व्यवस्था नैतिक एवम् जवाफदेही क्षेत्रमा लगानीलगायतका विषयमा केन्द्रित हुने बुझिएको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
