कामना विकास बैंकको नाफा १० करोड
पोखरा, १ साउन ।पोखरामा प्रधान कार्यालय रहेको कामना विकास बैंकले आव २०७०÷७१ को असार मसान्तसम्म रु १० करोड दुई लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।
बैंकले सो अवधिमा कुल रु दुई अर्ब ६७ करोड निक्षेप सङ्कलन गरी सोही अवधिमा रु दुई अर्ब १० करोड कर्जा लगानी गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यका अनुसार अघिल्लो आवको तुलनामा बैंकले निक्षेपमा २७.५ र कर्जामा १६.५ प्रतिशतले वृद्धि गरेको छ । बैंकको अधिकृत पुँजी ६४ करोड, जारी पुँजी २३ करोड र चुक्ता पुँजी २३ करोड रहेको छ ।
बंैंकको खराब कर्जाको प्रतिशत अति नै न्यून अर्थात् ०.१६५ प्रतिशत रहेको छ । पोखरामा केन्द्रीय कार्यालय रही १० वटा जिल्लामा आफ्ना शाखा विस्तार गरी बैंकले वित्तीय कारोबार गर्दै आएको छ । बैंकले पोखरामै केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको ओम फाइनान्स लिमिटेडसँग गाभ्न सैद्धान्तिक सहमति जनाइसकेको छ ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
