बजेट कार्यन्वयनबारे मिश्रित प्रतिक्रिया
काठमाडौं, ३२ असार । बजेट कार्यन्वयन बारे विभिन्न टिका टिप्पनी भईरहेका बेला पूर्वअर्थमन्त्री तथा अर्थविदहरुले बजेट कार्यन्वयन बारेमा मिश्रित प्रतिक्रिया जनाएका छन् ।
राजधानीमा आयोजित ‘बजेट कार्यन्वयनको पक्ष’ कार्यक्रममा पूवअर्थमन्त्री शंकरप्रसाद कोइरलाले पहिलेको जस्तो अहिलेको अवस्था नभई निर्वाचित सरकार र अर्थतन्त्रलाई अगाडी बढाउने दलहरु सरकारमा भएकाले यसको कार्यन्वयनमा आफु आशावादी रहेको बताए ।
सरकारले नीतिगत सुधारका लागि प्रयाप्त प्रतिवद्धता गरेको भन्दै यो सकरात्मक भएको बताए । ‘बीस बर्ष अघि बनेको ऐन कानुनमा अर्थतन्त्र चलिरहेको अवस्थामा नयाँ नीति ल्याउनु सकरात्मक हो,’ कोइरालाले भने । सरकारले तीन वर्ष भित्र लोडसेडिङ अन्त्य गर्ने प्रतिवद्धता ठिकै भएको भन्दै उनले अब छिट्टै साढे एघार सयको आयोजना बनिरहेकोले यो पुरा हुन सक्ने आशा व्यक्त गरे ।
पूर्व अर्थसचीव समेत रहेका कोइरालले आफुलाई बजेटको कार्यन्वयनको पिडा राम्रो सँग थाहा भएको बताउँदै एउटै अर्थमन्त्रीले ६ वटा सम्म बजेट ल्याउन सक्ने वातावरण भएमा यसको कार्यन्वयन सहज रुपमा हुने बताए । कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहाकार समेत रहेका अर्थविद डा. चिरिञ्जीवी नेपालले दलहरु सरकारमा हुँदा एउटा धारणा र बाहिर हुँदा अर्को धारणा आउने गरेको भन्दै यसले समस्या सिर्जना गरेको बताए । साउन १ गतेनै अख्तियारी दिदा पनि समयमै कार्यक्रम कार्यन्वयन हुन नसकेको भन्दै अझै पनि अर्थतन्त्रमा विकृति भएको बताए । ‘यसको मुख्य कारण पैसा भण्डार गरेर बस्नु पनि हो,’ नेपालले भने ।
बजेटको व्यवस्थापनको लागि वित्तिय कानु परिर्माजन गरेर कार्यन्वयन गर्ने सरकारको योजना रहेको उनले बताए । आयोजनाको कार्यन्वयनमा अबरोध गर्नेलाई तुरुन्तै कारबाही गर्ने, खुल्ला बजार अर्थतन्त्रलाई आत्मसाथ गर्न सक्ने कानुन नआएको भन्दै यसले गर्दा आएको लागनी समेत भाग्ने अवस्था भएको जानकारी दिए । ‘अबको सरकारले यी कुरालाई ल्याउँछु भनेकाले अव बजेट कार्यन्वयनमा आउँछ भन्नेमा आशावादी छु,’ नेपालले भने ।
कार्यक्रममा राष्ट्रिय व्यापार संघका अध्यक्ष नयण वहादुर पण्डित क्षेत्रीले आफुहरुले सरकारलाई बजेट बनाउँदा केही सुझापहरु दिए पनि ती सुझावलाई बजेटमा समावेश नगरेको गुणासो गरे । उनले आफुहरु सधै आयातित व्यापार गर्न इच्छुक नभएको भन्दै आयातित वस्तुको भन्सार मुल्याङ्कण बढाइएकोमा दुखेसो पोखे । उनले आफुहरु जस्तो सानो व्यवसायीहरुसँग कुनै पनि परामर्श नगरी आयातित वस्तुको भन्सारमा ६ गुुणा वृद्धि गरेको भन्दै यसले वस्तु आयातमा असर पुगेको बताए ।
अभिलेख
लोकप्रिय
नोक्सान घटाउँदै नाफामुखी यात्रामा राष्ट्रिय सहकारी बैंक
४ मंसिर २०८२, बुधबार
नियामक र सदस्यकै बेवास्ताका कारण सहकारी समस्यामा परेको निष्कर्ष
२२ कार्तिक २०८२, शुक्रबार
राष्ट्रिय सहकारी महासंघको कामु महाप्रबन्धकमा गोपीकृष्ण भण्डारी नियुक्त
३ श्रावण २०८२, शुक्रबारRecent Posts
सीएमसी कास्कीमा अधिकारीको नेतृत्व, व्यवस्थापकको क्षमता विकास मुख्य प्राथमिकता
२१ कार्तिक २०८३, शुक्रबार
प्रयास सहकारीको संस्थागत यात्रामा नयाँ फड्को, आफ्नै भवनबाट सेवा सुरु
२० कार्तिक २०८३, बिहीबार
इजाजतपत्रको प्रक्रियामा रहेका सहकारीलाई थप विवरण र कागजात अपलोड गर्न निर्देशन
१९ कार्तिक २०८३, बुधबार
