२० कात्तिक २०८३, शुक्रबार

आर्थिक अपराधमा ५४ जना पक्राउ

२०७१ असार ३१, मङ्गलबार
आर्थिक अपराधमा ५४ जना पक्राउ

काठमाडौं। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले एक बर्षको अवधिमा ३० वटा मुद्दामाथि अनुसन्धान गरेको जनाएको छ। बुधबार बार्षिक समिक्षा सार्वजनिक गर्दै सिआइबीले आर्थिक अपराधतर्फ सम्पति सुद्धिकरण तथा आतंककारी कृयाकलापमा वित्तीय लगानी र बैंकिङ कसुरसमेत गरी ३० मुद्दाहरुको अनुसन्धान गरेको जनाएको छ।

सिआइबीले यसमा अनुसन्धानका लागि ५४ जनालाई पक्राउ गरी मुद्दा चलाएको जनाउँदै एक अर्ब ५२ करोड १६ लाख रुपैयाँ माग दावी रहेको सार्वजनिक गरेको छ। यसैगरी साइवर अपराधतर्फ विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत ३४ मुद्दाको अनुसन्धान गरेको जनाएको छ। यसमा १६ जनालाई  पक्राउ गरिएको छ।

अभिलेख

लोकप्रिय